Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
Uncategorized

रुसी आक्रमणमा ११ जनाको मृत्यु, ३० जना घाइते

२४ फाल्गुन २०८१, शनिबार ११:३४

काठमाडौँ। रूसले गरेको पछिल्लो आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। दोनेत्सकको डोब्रोपिलियामा रूसको तर्फबाट भएको आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका युक्रेनको भनाइ छ।

शुक्रबार राति भएको यो आक्रमणमा आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएको बताइएको छ। डोब्रोपिलिया रूस नियन्त्रित दोनेत्सक सहरको उत्तर–पश्चिममा अवस्थित छ। यसअघि बिहीबार रूसी आक्रमणमा परी पाँच जनाको ज्यान गएको युक्रेनले बताएको थियो।

प्रतिक्रिया दिनुहोस्