Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
Uncategorized

रुसी आक्रमणमा ११ जनाको मृत्यु, ३० जना घाइते

२४ फाल्गुन २०८१, शनिबार ११:३४

काठमाडौँ। रूसले गरेको पछिल्लो आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ। दोनेत्सकको डोब्रोपिलियामा रूसको तर्फबाट भएको आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका युक्रेनको भनाइ छ।

शुक्रबार राति भएको यो आक्रमणमा आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएको बताइएको छ। डोब्रोपिलिया रूस नियन्त्रित दोनेत्सक सहरको उत्तर–पश्चिममा अवस्थित छ। यसअघि बिहीबार रूसी आक्रमणमा परी पाँच जनाको ज्यान गएको युक्रेनले बताएको थियो।

प्रतिक्रिया दिनुहोस्