Trending
काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा     |     काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य     |     एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै     |     ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा     |     एनपिएलमा ३६ अर्धशतक     |     ब्रिटिस र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार     |     एनपिएलः सुदूरपश्चिम ‘फाइनल’मा     |     चलचित्र ‘परान’को कमाइ १७ करोड, अरूको कति?     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     ‘जारी २’ र ‘मनबिनाको धन’ले अहिलेसम्म कति कमाए ?     |    
समाचार

गर्मीले दुई दिन विद्यालय बन्द

७ आश्विन २०८१, सोमबार १३:५०

७ असोज,पर्सा। अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द हुने भएको छ । वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो ।

वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बढ्दो गर्मीका कारणबाट विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै यही असोज ८ र ९ गते पठनपाठन कार्य स्थगित गर्न लागिएको जानकारी दिए ।

महानगरले यसअघि पनि गर्मी बढेको भन्दै गत जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य स्थगित गरेको थियो । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय रहेका छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्रथामिक विद्यालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्