Trending
चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |     साफ महिला यू- १९ च्याम्पियनसिपको तयारी पूरा     |     रेशम चौधरी उम्मेदवार बन्न नपाउने     |     एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक     |     शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |    
समाचार

होली उत्सवबाट सङ्कलित रकम विद्यालयको विकासमा लगानी

२ चैत्र २०८१, शनिबार ११:०७

बैतडी। बैतडीका विभिन्न विद्यालयहरूले होली पर्व मनाएर आर्थिक सहयोग जुटाउने परम्परा कायम राख्दै आएका छन्।

यस वर्ष पनि पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले होली खेल्दै रु ३,१८,८५० सङ्कलन गरेको छ। विद्यालय प्रशासनले सो रकम संस्थाको विकासका लागि प्रयोग गरिने जनाएको छ।

विद्यालयले लामो समयदेखि आर्थिक स्रोत जुटाउन होली पर्वलाई माध्यम बनाउँदै आएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटका अनुसार, विद्यालयले आफ्नै स्रोतमा छात्रावास सञ्चालन गर्दै आएको छ। निजी स्रोतका शिक्षकहरूको तलब तथा शैक्षिक सामग्रीको व्यवस्थापनका लागि यो रकम उपयोग गरिनेछ।

यसैगरी, पाटन नगरपालिका–१ मेल्चौराको सिद्धेश्वर माध्यमिक विद्यालय ले पनि होली खेलेर रु ३ लाख सङ्कलन गरेको छ। प्रधानाध्यापक दीपेन्द्रसिंह चाँडका अनुसार, संकलित रकम विद्यालयको शैक्षिक विकासमा खर्च गरिनेछ।

स्थानीय समुदायको सक्रियतासहित होली पर्वलाई शिक्षाको लागि आर्थिक स्रोत जुटाउने अवसरका रूपमा उपयोग गर्ने परम्परा प्रभावकारी बन्दै गएको विद्यालय प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्