Trending
दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा राउन्ड अफ १६ मा     |     पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |    
समाचार

होली उत्सवबाट सङ्कलित रकम विद्यालयको विकासमा लगानी

२ चैत्र २०८१, शनिबार ११:०७

बैतडी। बैतडीका विभिन्न विद्यालयहरूले होली पर्व मनाएर आर्थिक सहयोग जुटाउने परम्परा कायम राख्दै आएका छन्।

यस वर्ष पनि पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले होली खेल्दै रु ३,१८,८५० सङ्कलन गरेको छ। विद्यालय प्रशासनले सो रकम संस्थाको विकासका लागि प्रयोग गरिने जनाएको छ।

विद्यालयले लामो समयदेखि आर्थिक स्रोत जुटाउन होली पर्वलाई माध्यम बनाउँदै आएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटका अनुसार, विद्यालयले आफ्नै स्रोतमा छात्रावास सञ्चालन गर्दै आएको छ। निजी स्रोतका शिक्षकहरूको तलब तथा शैक्षिक सामग्रीको व्यवस्थापनका लागि यो रकम उपयोग गरिनेछ।

यसैगरी, पाटन नगरपालिका–१ मेल्चौराको सिद्धेश्वर माध्यमिक विद्यालय ले पनि होली खेलेर रु ३ लाख सङ्कलन गरेको छ। प्रधानाध्यापक दीपेन्द्रसिंह चाँडका अनुसार, संकलित रकम विद्यालयको शैक्षिक विकासमा खर्च गरिनेछ।

स्थानीय समुदायको सक्रियतासहित होली पर्वलाई शिक्षाको लागि आर्थिक स्रोत जुटाउने अवसरका रूपमा उपयोग गर्ने परम्परा प्रभावकारी बन्दै गएको विद्यालय प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्