Trending
बिना अभिनित यशोदाको तीज गीत ‘ए मैना सुनन’     |     रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक     |     सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, आजै सपथ लिने     |     वालेन सरकारको भण्डाफोर गर्न शनिबार जेनजीहरुले पत्रकार सम्मेलन गर्दै     |     हिरासतमा सीसीटीभी राख्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश     |     सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ     |     प्युठानमा सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद     |     सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला     |     अझै २८ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद     |     सुदूरपश्चिम रोयल्समा फर्किए सेफ अली जैब     |    
Uncategorized

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

१७ चैत्र २०८१, आईतवार ०६:०२

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल सुरु गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकअघि सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुसँग संसद् भवन नयाँ बानेश्वरमा सुरु गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ । बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी रहेको छ ।

सङ्घीय संसद् विपक्षी दलहरुको अवरोधका कारण दुई पटक बैठक स्थगित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्