Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
समाचार

असोज यता उपत्यकामा फैलिँदो डेंगु, बिरामीले भरिँदै शुक्रराज अस्पताल

८ आश्विन २०८१, मंगलवार १२:४५

८ असोज, काठमाडौँ। दशैँतिहार जस्ता ठूला चाडवाड नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा मानिसहरू बिरामी पर्ने क्रम पनि बढ्दै गएको छ ।

असोज सुरू भएयता शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुको आकस्मिक कक्षमा डेंगीका बिरामीको संख्या बढ्दै गएको छ।आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवका अनुसार अस्पतालमा १० दिनयता डेंगी संक्रमितको संख्यामा उल्लेख वृद्धि भएको छ।

‘असोज १ गते ११ जना, २ गते ३ जना, ३ गते जना २३, ४ गते २८ जना, ५ गते १९ जना र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भएका छन् । जबकि साउन ११ र भदौ महिनाभर ५३ जना मात्रै डेंगुका संक्रमित अस्पतालमा भर्ना भएका थिए’,  यादवले भने । यस्तै आइतबार एकैदिन २० जना बिरामीलाई अस्पतालले डिस्चार्ज गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्