Trending
काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा     |     काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य     |     एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै     |     ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा     |     एनपिएलमा ३६ अर्धशतक     |     ब्रिटिस र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार     |     एनपिएलः सुदूरपश्चिम ‘फाइनल’मा     |     चलचित्र ‘परान’को कमाइ १७ करोड, अरूको कति?     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     ‘जारी २’ र ‘मनबिनाको धन’ले अहिलेसम्म कति कमाए ?     |    
समाचार

असोज यता उपत्यकामा फैलिँदो डेंगु, बिरामीले भरिँदै शुक्रराज अस्पताल

८ आश्विन २०८१, मंगलवार १२:४५

८ असोज, काठमाडौँ। दशैँतिहार जस्ता ठूला चाडवाड नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा मानिसहरू बिरामी पर्ने क्रम पनि बढ्दै गएको छ ।

असोज सुरू भएयता शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुको आकस्मिक कक्षमा डेंगीका बिरामीको संख्या बढ्दै गएको छ।आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवका अनुसार अस्पतालमा १० दिनयता डेंगी संक्रमितको संख्यामा उल्लेख वृद्धि भएको छ।

‘असोज १ गते ११ जना, २ गते ३ जना, ३ गते जना २३, ४ गते २८ जना, ५ गते १९ जना र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भएका छन् । जबकि साउन ११ र भदौ महिनाभर ५३ जना मात्रै डेंगुका संक्रमित अस्पतालमा भर्ना भएका थिए’,  यादवले भने । यस्तै आइतबार एकैदिन २० जना बिरामीलाई अस्पतालले डिस्चार्ज गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्