Trending
चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |     साफ महिला यू- १९ च्याम्पियनसिपको तयारी पूरा     |     रेशम चौधरी उम्मेदवार बन्न नपाउने     |     एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ सार्वजनिक     |     शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |    
बैंक वित्तीय

सूर्यज्योति लाइफले ‘केयर्स कार्ड’ र ‘ई–कर्जा सेवा’ सुरु गर्‍यो

२६ चैत्र २०८१, मंगलवार ११:०६

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्युरेन्सले ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र इ-कर्जा सेवा सुरु गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्यज्योति केयर्स डिजिटल कार्ड र इ-कर्जाका फाइदाहरू, यसका मापदण्ड र सेवा लिने विधिका बारेमा विस्तृत जानकारी दिए। उनले कम्पनीले सधैँ नवीनतम प्रविधिमा जोड दिँदै सेवाहरूमा परिमार्जन र परिष्कृत गर्दै लैजाने कुरामा जोड दिए। साथै दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडि बढेको बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीका अनुसार, बीमितहरूले अब अनलाइनबाट सजिलै कर्जा लिन सक्छन् । जुन एक क्लिकमै खल्ती वालेट मार्फत प्राप्त गर्न सकिन्छ। हाललाई ५० हजार रुपैयाँसम्मको कर्जा लिन सकिनेछ।

डिजिटल कार्ड मार्फत बीमित र अभिकर्ताहरूले अस्पताल, होटल, शिक्षा संस्था, डिपार्टमेन्ट स्टोर आदि स्थानमा छुट र विशेष सेवा पाउनेछन्।बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमितहरुलाई तत्काल आवश्यकता परेको बेला बीमा कम्पनीसम्म नपुगी सेवा प्राप्त गर्न सकिने सन्देश दिने बताए।

प्रतिक्रिया दिनुहोस्