Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
बैंक वित्तीय

सूर्यज्योति लाइफले ‘केयर्स कार्ड’ र ‘ई–कर्जा सेवा’ सुरु गर्‍यो

२६ चैत्र २०८१, मंगलवार ११:०६

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्युरेन्सले ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र इ-कर्जा सेवा सुरु गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्यज्योति केयर्स डिजिटल कार्ड र इ-कर्जाका फाइदाहरू, यसका मापदण्ड र सेवा लिने विधिका बारेमा विस्तृत जानकारी दिए। उनले कम्पनीले सधैँ नवीनतम प्रविधिमा जोड दिँदै सेवाहरूमा परिमार्जन र परिष्कृत गर्दै लैजाने कुरामा जोड दिए। साथै दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडि बढेको बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीका अनुसार, बीमितहरूले अब अनलाइनबाट सजिलै कर्जा लिन सक्छन् । जुन एक क्लिकमै खल्ती वालेट मार्फत प्राप्त गर्न सकिन्छ। हाललाई ५० हजार रुपैयाँसम्मको कर्जा लिन सकिनेछ।

डिजिटल कार्ड मार्फत बीमित र अभिकर्ताहरूले अस्पताल, होटल, शिक्षा संस्था, डिपार्टमेन्ट स्टोर आदि स्थानमा छुट र विशेष सेवा पाउनेछन्।बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमितहरुलाई तत्काल आवश्यकता परेको बेला बीमा कम्पनीसम्म नपुगी सेवा प्राप्त गर्न सकिने सन्देश दिने बताए।

प्रतिक्रिया दिनुहोस्