Trending
बाल विकास बोर्डिङ हाई स्कुलमा भव्यताका साथ विद्यालय महोत्सव सम्पन्न     |     टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो     |     सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता     |     झापा गोल्डकपः एपिएफ फाइनलमा     |     सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता     |     भोजपुरको टेम्के डाँडामा छायाङ्कन गरिएको ‘मायाजाल मोहनी’ सार्वजनिक     |     सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते     |     म राजनीतिमा आउँदिनः अभिनेता निखिल उप्रेती     |     रणवीर सिंहलाई ज्यान मार्ने धम्की     |     ल्होसार कप : खुम्बु र आमादब्लाको जित     |    
Uncategorized

नयाँ बानेश्वरमा शिक्षक र प्रहरीले झडप, ६३ घाइते

१४ बैशाख २०८२, आईतवार ०९:४३

काठमाडौं। आइतबार नयाँ बानेश्वर क्षेत्रमा शिक्षकहरूको आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन्।

उनीहरूको अहिले काठमाडौंस्थित ट्रमा सेन्टर, सिभिल अस्पताल र बानेश्वरको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। उनका अनुसार, शान्तिपूर्ण रूपमा आफ्ना पेशागत अधिकार र माग प्रस्तुत गर्न भेला भएका शिक्षकमाथि प्रहरीले बल प्रयोग गर्दै लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको हो।

अधिकारीले शिक्षकहरूको आन्दोलनलाई दमन गर्न खोजिएको भन्दै यसको कडा विरोध समेत गरेका छन्। शिक्षकहरूले आफ्ना पेशागत हक, सेवा सुरक्षा, र तलब भत्ताको विषयमा ध्यानाकर्षण गराउन २६ दिनदेखि निरन्तर आन्दोलन गरिरहेका थिए। आन्दोलनको क्रममा आइतबार उनीहरूले निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले अवरोध गरेको थियो। प्रहरीद्वारा राखिएको निषेधित क्षेत्रमा जब शिक्षकहरू प्रवेश गर्न थाले, प्रहरीले बल प्रयोग गर्दै लाठी र पानीको फोहोरा चलाएको थियो।

आन्दोलनरत शिक्षकहरूले सरकारले आफ्ना मागप्रति उदासिनता देखाएको आरोप लगाउँदै आन्दोलनलाई अझ व्यापक बनाउने चेतावनी दिएका छन्। उनीहरूले वार्तामार्फत समस्याको समाधान खोज्न सरकारसँग आग्रह पनि गरेका छन्।

यसबीच, घटनापछि विभिन्न शिक्षक संगठन र मानव अधिकारकर्मीहरूले घटनाको छानबिन र घाइतेहरूको तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्