Trending
भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |     विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा     |    
शिक्षा

विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारमा जोड दिँदै शिक्षक अन्तरक्रिया सम्पन्न

१४ बैशाख २०८२, आईतवार ११:०६

काठमाडौं। रारा समाजको आयोजनामा काठमाडौंस्थित बसेरा होटेलमा एक विशेष शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कालिका माध्यमिक विद्यालय, बुटवलका पूर्व प्रधानाध्यापक श्री घनश्याम पाठकले विद्यालय व्यवस्थापन सम्बन्धी महत्वपूर्ण विषयमा अन्तरक्रिया गर्नुभएको थियो। उहाँले विद्यालय सफल बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र पारदर्शिता अत्यन्त जरुरी रहेको कुरामा जोड दिनुभएको थियो। साथै, उहाँले आफ्ना अनुभवहरू सुनाउँदै, शैक्षिक गुणस्तर सुधारका लागि नवीन सोच र नियमित संवाद आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले नेपालको शैक्षिक विकासमा यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूको महत्व औँल्याउँदै, शिक्षा क्षेत्रलाई सबल बनाउन सबै तह र तप्काको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता रारा समाजका अध्यक्ष नेत्र मल्लले गर्नुभएको थियो भने, कार्यक्रमको सञ्चालन भुपेन्द्र मल्लले गर्नुभएको थियो।

सो अवसरमा रारा समाजले शिक्षाक्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै श्री घनश्याम पाठकलाई विशेष सम्मान समेत गरिएको थियो।

कार्यक्रममा शिक्षक, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्