Trending
एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित     |     सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य     |     मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह     |     जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य     |     सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता     |     स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज     |     ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न     |     एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब     |     सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित     |     टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की     |    
शिक्षा

विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारमा जोड दिँदै शिक्षक अन्तरक्रिया सम्पन्न

१४ बैशाख २०८२, आईतवार ११:०६

काठमाडौं। रारा समाजको आयोजनामा काठमाडौंस्थित बसेरा होटेलमा एक विशेष शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कालिका माध्यमिक विद्यालय, बुटवलका पूर्व प्रधानाध्यापक श्री घनश्याम पाठकले विद्यालय व्यवस्थापन सम्बन्धी महत्वपूर्ण विषयमा अन्तरक्रिया गर्नुभएको थियो। उहाँले विद्यालय सफल बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र पारदर्शिता अत्यन्त जरुरी रहेको कुरामा जोड दिनुभएको थियो। साथै, उहाँले आफ्ना अनुभवहरू सुनाउँदै, शैक्षिक गुणस्तर सुधारका लागि नवीन सोच र नियमित संवाद आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले नेपालको शैक्षिक विकासमा यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूको महत्व औँल्याउँदै, शिक्षा क्षेत्रलाई सबल बनाउन सबै तह र तप्काको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमको अध्यक्षता रारा समाजका अध्यक्ष नेत्र मल्लले गर्नुभएको थियो भने, कार्यक्रमको सञ्चालन भुपेन्द्र मल्लले गर्नुभएको थियो।

सो अवसरमा रारा समाजले शिक्षाक्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै श्री घनश्याम पाठकलाई विशेष सम्मान समेत गरिएको थियो।

कार्यक्रममा शिक्षक, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्