Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
समाचार

बागलुङमा ७ सय ९८ जनामा डेंगी संक्रमण

९ आश्विन २०८१, बुधबार ०३:१९

९ असोज, काठमाडौं। बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्क जिल्लाको सरकारी अस्पताल तथा निजी प्रयोगशालामा गरिएको डेङ्गु परीक्षणको हो ।

बागलुङको धौलागिरि अस्पतालमा ६ जना डेङ्गुका जटिल बिरामी उपचाररत छन् भने केही बिरामीहरु घरमै आराम गरिरहका छन् ।स्वास्थ्य कार्यालय बागलुङमा परीक्षण गरिएकामा तीन सय ३८ जना र निजी प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ६० जनामा डेङ्गु सङ्क्रमण देखिएको हो ।

डेङ्गु सङ्क्रमण पछिल्लो हप्तामात्रै दोब्बरले वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए । डेङ्गुका सबैभन्दा बढी बिरामी धौलागिरि अस्पतालमा देखिएका छन् । अस्पतालमा अहिले ज्वरोका बिरामीले शय्या भरिएको छ ।

अस्पतालमा अहिले ज्वरोका बिरामीले शय्या भरिएको छ। धौलागिरि अस्पतालको प्रयोगशालामा मात्रै दुई सय ३२ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। यस्तै, गलकोट नगर अस्पतालमा ७६ जना, बुर्तिवाङ स्वास्थ्यचौकीमा २८ जना र कुश्मिसेरा प्राथमिक स्वास्थ्य चौकीमा दुई जनामा डेंगी पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्याले जानकारी दिए।

जिल्ला सदरमुकाम बागलुङ बजारको सपना प्रयोशालामा १००, केसी प्रयोशालामा १००, केयर डाइनेष्टिक प्रालिमा ७७, बागलुङ प्रयोगशालामा ५६, न्यूरो केयर क्लिनिकमा ५०, झरना मेडिकल प्रयोगशामा ३५, गोल्डेनगेट प्रयोशालामा २५, धौलागिरि प्रयोशालामा १० र सफल पोलिक्ल्निक प्रालिमा ७जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्