Trending
अन्तिम अभ्यास खेलमा नेपालको जित     |     हुम्लामा हिमपात, जनजीवन प्रभावित     |     पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |    
शिक्षा

एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त

१० जेष्ठ २०८२, शुक्रबार १०:३६

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई रोक्नु अहिलेको मुख्य चुनौती भएको बताएका छन् ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पन्तले बढ्दो कृत्रिम बौद्धिकता (एआई)को दुरुपयोग रोक्न आवश्यक रहेको बताएका हुन् ।

उनले कृत्रिम बौद्धिकता (एआई)को दुरुपयोग हुन नदिन पत्रकारिताको मूल्य र मान्यतालाई अंगिकार गर्न जरुरी रहेको बताए । पत्रकारिताको मूल्य र मान्यतामा अडिग रहेर पत्रकारिता गर्न नसकेको अवस्थामा कृत्रिम बौद्धिकता विध्वंसकारी हतियार हुनसक्ने उनको भनाइ छ ।

मन्त्री पन्तले मिडियाले व्यक्तिहरूलाई अनुचित ढंगले लक्षित गर्ने प्रवृत्तिको अन्त्यका लागि प्रेस आचारसंहिताको कडाइका पालना गर्नु आवश्यक रहेको समेत बताए ।

मन्त्री पन्तले सामुदायिक रेडियोहरूको शुरुवातकालीन चुनौतीहरू स्मरण गर्दै वर्तमान डिजिटल युगमा पत्रकारिताको सामाजिक उत्तरदायित्व झनै महत्वपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्