Trending
हिरासतमा सीसीटीभी राख्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश     |     सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ     |     प्युठानमा सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद     |     सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला     |     अझै २८ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद     |     सुदूरपश्चिम रोयल्समा फर्किए सेफ अली जैब     |     एन्जल्स हार्ट नेसनलको विजयी सुरुआत     |     मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन     |     ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री     |     नाट्टा सचिवमा रमेश घिमिरेको उम्मेदवारी, सदस्य–केन्द्रित संस्था निर्माण गर्ने प्रतिबद्धता     |    
बैंक वित्तीय

राष्ट्र बैंक गभर्नर नियुक्तिविरुद्धको रिट हेर्न नभ्याइयो

२१ जेष्ठ २०८२, मंगलवार १०:४०

काठमाडौँ। डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णयविरुद्ध दायर रिट हेर्न आज पनि नभ्याइने भएको छ।

मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा ३१औँ नम्बरमा परेको रिट समय अभावका कारण हेर्न नपाइएको हो।

जेठ १२ गते अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले रिट दायर गरेका थिए। सर्वोच्चले जेठ १४ मा कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

प्रतिक्रिया दिनुहोस्