Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
बैंक वित्तीय

एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

२२ जेष्ठ २०८२, बुधबार ०९:१६

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले बुधबारदेखि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। मोबाइल बैंकिङ एपमार्फत प्रयोग गर्न सकिने यो पूर्ण डिजिटल कार्ड हो।

ग्राहकले न्यूनतम मापदण्ड पूरा गरेपछि यो सेवा लिन सक्नेछन्। ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट सीमा तोकिएको यस कार्डमार्फत फोनपे क्युआर स्क्यान, अनलाइन भुक्तानी तथा कार्ड व्यवस्थापन गर्न सकिनेछ।

बैंकका अनुसार प्रयोग भएको क्रेडिट ४५ दिनसम्म निःशुल्क उपयोग गर्न सकिनेछ। साथै, कुल बक्यौताको १० प्रतिशतदेखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने लचिलो सुविधा समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्