Trending
राहदानी सेवा दुई दिन बन्द हुने     |     गोविन्द कार्की मुख्यसचिव नियुक्त     |     काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त     |     एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति     |     कवाड बोकेका ट्रक नियन्त्रणपछि केही छुटाइए, व्यवसायीको प्रश्न-बिचौलियामाथि कारबाही कहिले?     |     पत्रकार विनोदबाबु रिजालको कथासङ्ग्रह ‘नैबेद’ सार्वजनिक     |     मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा     |     ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश     |     राहदानी सेवा केही दिन स्थगित     |     काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स     |    
बैंक वित्तीय

“निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न

३० जेष्ठ २०८२, बिहीबार ११:२६

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको पहिलो सार्वजनिक हरित ऊर्जा ऋणपत्र “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा आज २०८२ जेष्ठ २९ गते, लाजिम्पाटस्थित क्यापिटलको कार्यालयमा बाँडफाँड कार्यक्रम सम्पन्न गरिएको हो।

रु. ५ अर्ब बराबरको ऋणपत्र निष्काशनका लागि ३.८ गुणा बढी आवेदन प्राप्त भएको जानकारी दिइएको छ। यसले हरित ऊर्जा क्षेत्रमा लगानी गर्ने प्रति नेपाली लगानीकर्ताको चासो र वित्तीय बजारप्रतिको भरोसा उच्च रहेको संकेत गर्छ। कूल निष्काशनमध्ये ६० प्रतिशत संस्थागत र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको थियो।

निष्काशन जेठ १८ देखि २५ गतेसम्म खुला गरिएको थियो। यो अवधीभित्र व्यक्तिगत र संस्थागत दुवै खालका लगानीकर्ताबाट उल्लेखनीय सहभागिता देखिएको थियो।

एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे भन्छन्, “नेपालको पहिलो हरित उर्जा ऋणपत्रको सार्वजनिक निष्काशनलाई सफलतापूर्वक सम्पन्न गर्न पाउनु हाम्रो लागि निकै गर्वको कुरा हो । यो पहल नविनता र दुरदर्शितामा आधारि हाम्रो सिद्धान्तको स्वभाविक विस्तार हो ।

एनआइएमबि एस क्यापिटलको तर्फबाट हामी यस्तो ऐतिहासिक पहलमा अग्रसर हुन पाएकोमा उत्साहित छौं । आगामी दिनहरुमा अझै यस्ता अर्थपूर्ण परियोजनाहरु लिएर आउने विश्वास दिलाउन चाहन्छौं ।”

७ वर्ष अवधिको यो ऋणपत्रले वार्षिक ६ प्रतिशत ब्याज दिनेछ। बाँडफाँड समारोहमा नेपाल सरकार, अर्थ मन्त्रालय, वातावरण मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ, ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट, कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी, तथा विभिन्न सरोकारवाला निकायप्रति आभार व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्