Trending
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |    
कला र मनोरन्जन

महिला एसिया कप क्रिकेटका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाइयाे

१० जेष्ठ २०८१, बिहीबार ०७:२०

महिला एसियाक कप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बिहीबार २८ सदस्यीय बन्द प्रशिक्षण टिम घोषणा गरेको हो ।

टिमको कप्तानमा इन्दु बर्मा रहेकी छिन् । आगामी जुलाईमा श्रीलंकामा हुने प्रतियोगिताका लागि खेलाडीलाई बन्द प्रशिक्षाणमा बोलाइएको हो । बन्द प्रशिक्षणबाट टिम सेलेक्ट हुनेछ ।

नेपालले पहिलोपटक महिला एसिया कप क्रिकेट खेल्न लागेको हो । टी– २० प्रारुपमा हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । भारत, पाकिस्तान र यूएई पनि छन् ।

नेपालले पहिलो खेल श्रीलंकाको दाम्बुलामा १९ जुलाईमा पाकिस्तानसँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्