Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
कला र मनोरन्जन

महिला एसिया कप क्रिकेटका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाइयाे

१० जेष्ठ २०८१, बिहीबार ०७:२०

महिला एसियाक कप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बिहीबार २८ सदस्यीय बन्द प्रशिक्षण टिम घोषणा गरेको हो ।

टिमको कप्तानमा इन्दु बर्मा रहेकी छिन् । आगामी जुलाईमा श्रीलंकामा हुने प्रतियोगिताका लागि खेलाडीलाई बन्द प्रशिक्षाणमा बोलाइएको हो । बन्द प्रशिक्षणबाट टिम सेलेक्ट हुनेछ ।

नेपालले पहिलोपटक महिला एसिया कप क्रिकेट खेल्न लागेको हो । टी– २० प्रारुपमा हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । भारत, पाकिस्तान र यूएई पनि छन् ।

नेपालले पहिलो खेल श्रीलंकाको दाम्बुलामा १९ जुलाईमा पाकिस्तानसँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्