Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
Uncategorized

राष्ट्रिय श्रष्टा प्रतिष्ठानको महासचिवमा सनम कठायत चयन

२२ असार २०८२, आईतवार १४:३०

काठमाडौं। राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा राजधानीको अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। साधारणसभाबाट नारायण थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको छ।

साधारणसभा विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष राजेन्द्र बजगाईंको सभापतित्वमा सम्पन्न भएको हो। नयाँ कार्यसमितिमा नारायण थापा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भए भने दीपक शर्मा वरिष्ठ उपाध्यक्ष र सुजाता केसी उपाध्यक्षमा चयन हुनुभएको छ।

त्यस्तै, सनम कठायत महासचिवमा र रिता केसी सचिवमा निर्वाचित हुनु भएको छ। महिला सचिवमा बेनिश पौडेल र कोषाध्यक्षमा प्रतिक्षा काफ्ले निर्विरोध निर्वाचित भएका छन्।

सदस्यहरुमा मनोज परियार, बिरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गिता पाण्डे, सुभाष तिमसिना, प्रमोद डि.जी. र प्रज्वल राज भट्ट चयन भएका छन्। बाँकी दुई सदस्य भने कार्यसमितिबाट पछि मनोनयन गरिने प्रतिष्ठानले जनाएको छ।

कार्यक्रममा संस्थापक सल्लाहकार राजु सिंह, डा. टिका भण्डारी, माधव राज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गीतकार डा. ओमकृष्ण प्रसाईं, बी.बी. थापा, राजेन्द्र लुइँटेललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष थापाले गीत–संगीत क्षेत्रका विकृति र विसङ्गति हटाउँदै श्रष्टामुखी कार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो। महासचिव सनम कठायतले कलाकारहरूमा बढ्दो निराशा हटाउने, रचनात्मक कार्यक्रम अघि बढाउने, स्वास्थ्य बीमा र सामाजिक सुरक्षाका विषयमा गम्भीर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, निवर्तमान अध्यक्ष बजगाईंले प्रतिष्ठानले आगामी दिनमा गर्व गर्न सकिने प्रभावकारी कार्यहरू गर्ने विश्वास व्यक्त गर्नुभयो। सम्पूर्ण नव-निर्वाचित पदाधिकारीहरूले श्रष्टाहरूको हितका लागि समर्पित भएर काम गर्ने अठोट व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्