Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

सर्वनाममा फूलको कथा : नाटक ‘जब फूलले आकार लिन्छ

१७ श्रावण २०८२, शुक्रबार १७:२१
काठमाडौं। कालिकास्थानस्थित सर्वनाम नाटकघरमा साउन १२ गतेदेखि नाटक ‘जब फूलले आकार लिन्छ…’ प्रदर्शन भईरहेको छ ।
सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो । नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाइँ, मनोज बोहरा, पवन थापालगायत कालाकारहरुको अभिनय रहेको छ ।
सुन्दरता, खुशी र समाजको परिभाषालाई भित्री मनको आँखाले परिभाषित गर्ने यात्रा हो नाटक ‘जब फूलले आकार लिन्छ…’ । जहाँ दुई समानान्तर पात्रहरुको आफ्नो भोगाइलाई चित्रण गरिएको छ ।

एकातिर प्रकृतिसँग रमाउन चाहने रानीफूललाई जब मन्दिरमा चढाउने तयारी गरिन्छ, तब उसको विद्रोहको आवाजहरु गुञ्जिन थाल्छन् । अर्कोतिर परिवार र समाजबाट अपहेलित चित्रकारले आफुलाई कुरुप भनिएकै कारण उसले सुन्दर चित्रहरु बनाउन थाल्छ । यि दुई पात्रहरुको यात्रा, संघर्ष र परिवेशमा नाटकको कथावस्तु तयार पारिएको छ ।

समाज र व्यक्तिका दृष्टिकोणले जीवनको परिभाषा फरफरक हुन्छ । समाज र समयले लखेट्दा लखेट्दा एक बिन्दुमा पुगेका चित्रकार र प्रकृतीसँग रमाउन चाहने रानीफूलले आफ्नो जीवनमा खोजेको परिभाषा हो नाटक ‘जब फूलले आकार लिन्छ…’ । नाटकमा बाहिरी भन्दा भित्री सुन्दरताको महत्व खोज्ने चित्रकार र आफैभित्र खुशी खोज्ने रानीफूलको संघर्षको कथा प्रस्तुत गरिएको छ ।

मितव्ययी रंग दर्शनलाई प्राथमिकतामा राखेर नाटकहरु निर्माण गर्दै आएको सर्वनामले हरेक वर्ष नियमित रंगप्रशिक्षण कक्षाहरु सञ्चालन गर्दै आईरहेको छ । सडक नाटकका जन्मदाता तथा प्रसिद्ध नाटककार अशेष मल्लले लामो समयदेखि सर्वनाममा ध्यानाभिनय सिद्धान्तमार्फत् नाट्य प्रशिक्षण दिँदै आइरहेका छन् । तीन महिने रंग प्रशिक्षण पश्चात् तयार पारिएको नाटक ‘जब फूलले आकार लिन्छ…’ त्यही सिद्धान्तमा आधारित रहेको छ । बिहीबारबाहेक हरेक दिन सवा ५ बजे र अतिरिक्त सो शनिबार १ बजे मञ्चन हुँदै आईरहेको नाटक साउन १८ गतेसम्म मञ्चन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्