काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको नेकपाले दसैँपछि आन्दोलनमा जाने घोषणा गरेको थियो। सोही योजनाअनुसार पार्टीले जागरण अभियान सञ्चालन गर्न लागेको हो।
नेकपाले जनाएअनुसार अभियानको उद्घाटन शनिबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा हुनेछ। अभियानको उद्घाटन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले गर्ने छन्।
सरकार गठन भएको केही महिनादेखि नै नेकपाले सरकारको कार्यशैलीलाई लिएर आलोचना गर्दै आएको थियो।