Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
समाचार

सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत

७ कार्तिक २०८३, शुक्रबार १९:२२

धनगढी। सुदूरपश्चिम प्रदेशसभा सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। सभामुख भीम भण्डारीले बोगटीले दिएको राजीनामा स्वीकृत गरेका हुन्।

बोगटीले घरायसी कारण देखाउँदै स्वेच्छाले पदबाट राजीनामा दिएका थिए। उनले कात्तिक ३१ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए र सोही दिन सभामुख भण्डारीले राजीनामा स्वीकृत गरेका हुन्।

बोगटी २०७८ सालमा सुदूरपश्चिम प्रदेशसभा सचिवमा नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै अब नयाँ सचिव नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ। सभामुख भण्डारीका अनुसार दशैँपछि नयाँ सचिव नियुक्तिको प्रक्रिया अगाडि बढाइनेछ।

सभामुख भण्डारीले भने, ‘उहाँले दिनुभएको राजीनामा स्वीकृत भएको छ। अब दशैँपछि नयाँ सचिव नियुक्तिको प्रक्रिया अघि बढ्छ।’ प्रदेशसभा सचिवालयको प्रशासनिक नेतृत्व गर्ने सचिवको पद रिक्त भएपछि अब नयाँ नियुक्तिको बाटो खुलेको छ।

मौजुदा व्यवस्थाअनुसार प्रदेशसभा सचिवमा सभामुखको सिफारिसमा प्रदेश प्रमुखले नियुक्त गर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्