Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
खेलकुद

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

७ कार्तिक २०८३, शुक्रबार १९:४०

काठमाडौँ। नेपाली ‘यु-१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी-२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु-१९ गल्र्स टी-२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृङ्खलामा पनि नेपाली टोलीले सहभागिता जनाउने छ ।

उक्त शृङ्खलामा नेपाल यु-१९ महिला टोलीका साथै भारत यु-१९ महिला ‘ए’ र भारत यु-१९ महिला ‘बी’ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्