Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

गायक बिक्की गुरुङको गीत ‘डर लाग्छ’ सार्वजनिक, मलिका र कुन्साङको अभिनय

१७ श्रावण २०८२, शुक्रबार १७:५६

काठमाडौं । चर्चित गायक, गीतकार तथा सङ्गीतकार बिक्की गुरुङले करिब पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्।

यस गीतमा शब्द, सङ्गीत र स्वर स्वयं बिक्की गुरुङकै रहेको छ भने यसको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिजापतिले अभिनय गरेका छन्।

गीत ‘डर लाग्छ’ को निर्माण भिक्टर रसाइलीले गरेका हुन्। यस गीतमा रुपेश साख्याको बाँसुरी, सुमन बिकेको गिटार र किरण महर्जनको सारङ्गी वादन रहेको छ। गीतको भिडियोलाई निर्देशक विजय दोङले निर्देशन गरेका हुन् भने छायाङ्कन, सम्पादन र कलर ग्रेडिङ जितु तामाङले गरेका छन्।

बिक्की गुरुङ अमेरिका निवासी नेपाली कलाकार हुन् जसले २०१५ मा ‘केवल’ गीतबाट आफ्नो व्यावसायिक सङ्गीत यात्रा थालेका थिए। त्यसपछिका उनका ‘मरी जाऊँ’ र ‘मरी जाऊँ २’ जस्ता हिट गीतहरूले दर्शक तथा श्रोतामाझ गहिरो प्रभाव जमाएका छन्। उनका गीतहरूमा प्रेम, बिछोड र जीवनका संवेदनशील पक्षहरूलाई आत्मीय रूपमा प्रस्तुत गरिन्छ।

गायन र लेखनसँगै बिक्की सङ्गीत निर्माण, निर्देशन र कम्पोजिसनमा पनि सक्रिय छन्। परम्परागत नेपाली सङ्गीत र आधुनिक शैलीको सशक्त सम्मिश्रण हुने भएकाले बिक्की गुरुङलाई नेपाली सङ्गीत क्षेत्रमा एक ताजा र फरक आवाजको रूपमा लिइन्छ।

‘डर लाग्छ’ गीत पनि त्यसैको एक उत्कृष्ट उदाहरण हो, जहाँ शब्द, सङ्गीत र दृश्यात्मक पक्षले भावनात्मक अनुभूति दिन्छ। यो गीतले दर्शक तथा श्रोतामाझ फेरि एक पटक गायक गुरुङको सशक्त उपस्थिति महसुस गराउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्