Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा विशेष छुट एवं उपहार अफर

१५ आश्विन २०८१, मंगलवार १२:३७

काठमाडौँ। डिसहोमले चाडपर्वको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै डिसहोमले आकर्षक अफरहरू सार्वजनिक गरेको हो ।

यस अफरअन्तर्गत ग्राहकहरूले २ सय एमबिपिएस र ३ सय एमबिपिएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा प्राप्त गर्नेछन् । यसका अतिरिक्त, ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भई आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

हप्तामा १२ भाग्यशाली विजेताहरूले डिएआई होम एप्लाइन्सका सामानहरु, आइटेल ए ६० एस स्मार्टफोन, मिभि एयरबड्स र डिसहोमको फोर के स्टीमर जस्ता उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ ।

यति मात्र होइन, बम्फर लक्की ड्रअन्तर्गत एक भाग्यशाली विजेताले डिएचआई होम एप्लाइन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्।डिसहोमले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ । डिएचआई होम एप्लाइनसका सामानहरूमा ४० प्रतिशतसम्मको छुट, मिभि एयरवड्समा ५४ प्रतिशतसम्मको छुट र फायर बोल्ट स्मार्ट वाजमा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिने जनाइएको छ ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोमको ३ महिने वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ । नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन् । डिसहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्