Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा

१२ माघ २०८२, आईतवार १७:३८

काठमाडौँ। किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ ’ काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटर मा माघ ९ गतेदेखि मञ्चन भइरहेको छ।

किराँत समुदायको मिथक, सांस्कृतिक चेतना र कथालाई नाट्य माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यसहित नाटक तयार पारिएको हो।

नाटकका लेखक गिलु रातोस हुन् भने निर्देशन बेदना खेरेसुङ्मा राई ले गर्नुभएको छ। सह–निर्देशन उमेश सुनाम ले गर्नुभएको हो। नाटक Chhadke Topi Arts को प्रस्तुति हो।

नाटक माघ ९ गतेदेखि फागुन ४ गतेसम्म मञ्चन हुनेछ। हरेक दिन साँझ ५:१५ बजे र शनिबार दिउँसो १:०० बजे नाटक प्रदर्शन हुने जानकारी दिइएको छ। मंगलबार नाटक मञ्चन हुँदैन।

नाट्यप्रेमी दर्शकलाई समय मिलाएर नाटक अवलोकन गर्न आयोजकले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्