Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा

१२ माघ २०८२, आईतवार १७:३८

काठमाडौँ। किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ ’ काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटर मा माघ ९ गतेदेखि मञ्चन भइरहेको छ।

किराँत समुदायको मिथक, सांस्कृतिक चेतना र कथालाई नाट्य माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यसहित नाटक तयार पारिएको हो।

नाटकका लेखक गिलु रातोस हुन् भने निर्देशन बेदना खेरेसुङ्मा राई ले गर्नुभएको छ। सह–निर्देशन उमेश सुनाम ले गर्नुभएको हो। नाटक Chhadke Topi Arts को प्रस्तुति हो।

नाटक माघ ९ गतेदेखि फागुन ४ गतेसम्म मञ्चन हुनेछ। हरेक दिन साँझ ५:१५ बजे र शनिबार दिउँसो १:०० बजे नाटक प्रदर्शन हुने जानकारी दिइएको छ। मंगलबार नाटक मञ्चन हुँदैन।

नाट्यप्रेमी दर्शकलाई समय मिलाएर नाटक अवलोकन गर्न आयोजकले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्