Trending
अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी     |     पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द     |     प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित     |     रसुवाको भोटेकोशीमा बाढी : ११४ जनाको हवाई उद्धार     |     राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री     |     राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन     |     संसद्को रेकर्डबाट हट्यो बादलले बोलेका ‘नर्थ कोरिया मोडल र अमेरिका’ भन्ने शब्द     |     स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु     |     बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश     |     टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित     |    
खेलकुद

अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी

१० भाद्र २०८३, बुधबार २०:४७

काठमाडौँ। अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले एसीटीलाई ४ विकेटले पराजित गरेको हो ।

एसिटीले दिएको १४१ रनको लक्ष्य नेपाल ‘ए’ले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाए । उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै पवन सर्राफ २९ रनमा अविजित रहे । मयन यादवले २१ तथा लोकेश बमले १२ रन बनाए । बलिङतर्फ एसिटीका ज्याक कहले ३ तथा जित मेहताले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एसीटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । एसीटीका डिलन हन्टरले सर्वाधिक ४४ रन बनाए । एन्स टिवारी र निक ब्रोसले समान १९-१९ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने युवराज खत्रीले दुई विकेट लिए । त्यस्तै पवन सर्राफ, बिपिन खत्री र शाहब आलमले समान एक एक विकेट लिए ।

प्रतियोगितामा नेपाल ‘ए’ को लगातार यो दोस्रो जित हो । यसअघि सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो । त्यसअघि नेपाल ‘ए’ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ए टोलिसङ ९ विकेटले पराजित भएको थियो ।

त्यस्तै एसिटी भने प्रतियोगितामा जितविहीन रहेको छ । यस अघि तीन खेल खेलेको एसिटी किङ्समेनसँग ६ विकेट, भिक्टोरिया सिए-११ सँग ८ विकेट तथा एनटी स्ट्राइकसँग ६ विकेटले पराजित भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्