Trending
नरबहादुर खड्का (नरेश)ले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी, सातबुँदे प्रतिबद्धता सार्वजनिक     |     घेरा तोड्दै रामेछापबाट उदाइन् विनिता खड्का     |     लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान जोगाउन मन्त्री पोखरेलको निर्देशन     |     प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, डिजिटल शासनदेखि विपद् व्यवस्थापनसम्म     |     कानुन सुधारसँगै विकास र लगानीलाई गति दिन्छौँ : मन्त्री लम्साल     |     वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै     |     कर्णालीको मनमोहक दृश्यमा ‘साँची राखी माया मेरो’ सार्वजनिक     |     मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |    
खेलकुद

अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी

१० भाद्र २०८३, बुधबार २०:४७

काठमाडौँ। अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले एसीटीलाई ४ विकेटले पराजित गरेको हो ।

एसिटीले दिएको १४१ रनको लक्ष्य नेपाल ‘ए’ले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाए । उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै पवन सर्राफ २९ रनमा अविजित रहे । मयन यादवले २१ तथा लोकेश बमले १२ रन बनाए । बलिङतर्फ एसिटीका ज्याक कहले ३ तथा जित मेहताले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एसीटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । एसीटीका डिलन हन्टरले सर्वाधिक ४४ रन बनाए । एन्स टिवारी र निक ब्रोसले समान १९-१९ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले तीन विकेट लिए भने युवराज खत्रीले दुई विकेट लिए । त्यस्तै पवन सर्राफ, बिपिन खत्री र शाहब आलमले समान एक एक विकेट लिए ।

प्रतियोगितामा नेपाल ‘ए’ को लगातार यो दोस्रो जित हो । यसअघि सोमबार भएको खेलमा नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो । त्यसअघि नेपाल ‘ए’ पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेट तथा बङ्गलादेशको ए टोलिसङ ९ विकेटले पराजित भएको थियो ।

त्यस्तै एसिटी भने प्रतियोगितामा जितविहीन रहेको छ । यस अघि तीन खेल खेलेको एसिटी किङ्समेनसँग ६ विकेट, भिक्टोरिया सिए-११ सँग ८ विकेट तथा एनटी स्ट्राइकसँग ६ विकेटले पराजित भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्