Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
समाचार

भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

१७ भाद्र २०८३, बुधबार २१:०७

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीले बगाएर भारत पुगेका ९ वटा शव भारतीय सुरक्षा निकायले सुनौली नाका हुँदै नेपाललाई हस्तान्तरण गरेको छ ।

भारतको उत्तरप्रदेशस्थित कुशिनगर जिल्लाको खड्डा र पडरौना थानाका जनपद पुलिसले बुधबार अपराह्न ४ वटा र मंगलबार राति ५ वटा शव सुनौली नाकाबाट नेपाल ल्याएर रुपन्देहीको सिमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयलाई बुझाएका हुन् ।

हस्तान्तरण गरिएका शवमा एक बालिकासहित ४ महिला र ५ पुरुषका रहेका छन् । भारतबाट ल्याइएका शवको बेलहिया इलाका प्रहरी कार्यालयमा आवश्यक कागजी प्रक्रिया पूरा गरी भारतीय शव वाहनबाटै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्