Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
समाचार

भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

१७ भाद्र २०८३, बुधबार २१:०७

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीले बगाएर भारत पुगेका ९ वटा शव भारतीय सुरक्षा निकायले सुनौली नाका हुँदै नेपाललाई हस्तान्तरण गरेको छ ।

भारतको उत्तरप्रदेशस्थित कुशिनगर जिल्लाको खड्डा र पडरौना थानाका जनपद पुलिसले बुधबार अपराह्न ४ वटा र मंगलबार राति ५ वटा शव सुनौली नाकाबाट नेपाल ल्याएर रुपन्देहीको सिमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयलाई बुझाएका हुन् ।

हस्तान्तरण गरिएका शवमा एक बालिकासहित ४ महिला र ५ पुरुषका रहेका छन् । भारतबाट ल्याइएका शवको बेलहिया इलाका प्रहरी कार्यालयमा आवश्यक कागजी प्रक्रिया पूरा गरी भारतीय शव वाहनबाटै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्