Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
समाचार

बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता

१७ भाद्र २०८३, बुधबार २१:१७

काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार साँझ ६ बजेसम्म मानव अंगसहित १ हजार २०४ शव फेला परेका छन्। पछिल्लो अन्तर्राष्ट्रिय रिपोर्टहरूले पनि नेपालमा मृतकको संख्या १ हजार नाघिसकेको र हजारौँ अझै बेपत्ता रहेको पुष्टि गरेका छन्।

प्राधिकरणका अनुसार रसुवामा ११५, नुवाकोटमा १५५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, धादिङमा ६०, नवलपरासी पश्चिममा २०२, गोरखामा ६९ र चितवनमा ३४८ वटा शव फेला परेका छन्।

बाढीमा परी ४ हजार २१६ जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजीका लागि सुरक्षा निकायले प्रभावित क्षेत्र, नदी किनार, बाढीले पुरिएका संरचना तथा जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्