Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
समाचार

त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी

१९ भाद्र २०८३, शुक्रबार १८:५१

काठमाडौँ। त्रिशूली–३ बी को सुरुङमा उद्धारकर्मीहरू ४२६ मिटर भित्र प्रवेश गरेका छन् ।

भोटेकोशीको बाढीका कारण सुरुङ फसेकाहरूको खोजी गर्न उद्धारकर्मी ४२६ मिटर भित्रसम्म पुगेको नेपाली सेनाले जनाएको छ ।

खोज तथा उद्धारमा सो कम्पनीका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल पनि आयोजना स्थलमा खटिएका छन् । ३७ मेगावाटको सो आयोजना विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको छ । आयोजनाको क्वार्टर र टनेलमा १२२ जना फसेको आकलन गरिएको छ ।

सो आयोजनामा फसेका मानिसहरू खोज्न ८९ जना सैनिक र ३ जना गैरसैनिक उद्धारकर्मी खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरेर त्यहाँसम्म पुग्न स्काभेटर छिराउने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्