Trending
त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी     |     भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |    
समाचार

त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी

१९ भाद्र २०८३, शुक्रबार १८:५१

काठमाडौँ। त्रिशूली–३ बी को सुरुङमा उद्धारकर्मीहरू ४२६ मिटर भित्र प्रवेश गरेका छन् ।

भोटेकोशीको बाढीका कारण सुरुङ फसेकाहरूको खोजी गर्न उद्धारकर्मी ४२६ मिटर भित्रसम्म पुगेको नेपाली सेनाले जनाएको छ ।

खोज तथा उद्धारमा सो कम्पनीका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल पनि आयोजना स्थलमा खटिएका छन् । ३७ मेगावाटको सो आयोजना विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको छ । आयोजनाको क्वार्टर र टनेलमा १२२ जना फसेको आकलन गरिएको छ ।

सो आयोजनामा फसेका मानिसहरू खोज्न ८९ जना सैनिक र ३ जना गैरसैनिक उद्धारकर्मी खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरेर त्यहाँसम्म पुग्न स्काभेटर छिराउने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्