Trending
दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने     |     सुरक्षाकर्मीको त्याग र साहसप्रति सरकारको उच्च सम्मान: प्रधानमन्त्री शाह     |     एसिसी प्रिमियर मेन्स कपमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनल प्रवेश     |     न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित     |     पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द     |     पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ तथा पर्यटन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान     |     त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी     |     भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |    
समाचार

दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने

२१ भाद्र २०८३, आईतवार २१:२१

काठमाडौं। दक्षिण कोरियाली गैरनाफामूलक संस्था उम हङ गिल ह्युमन फाउन्डेसनले बाढीबाट प्रभावित नेपालका गाउँ तथा विस्थापितका शिविरमा राहत तथा सहयोग पुर्‍याउने भएको छ।

फाउन्डेसनका नेपाल निर्देशक तथा पूर्वकूटनीतिज्ञ एवं प्राध्यापक डा. काङ डेसेक (डेनिस)का अनुसार संस्थाले अहिले प्रभावित व्यक्ति तथा परिवारको नाम र सम्पर्क विवरण संकलन गरिरहेको छ।

प्रारम्भिक सूची तयार भएपछि स्थलगत सर्वेक्षण, लाभग्राही छनोट, सम्बन्धित सरकारी निकायको स्वीकृति, स्थलगत अनुगमन र त्यसपछि राहत सामग्री वितरण गरिनेछ।

सन् २००८ मा चर्चित दक्षिण कोरियाली पर्वतारोही क्याप्टेन उम हङ गिलले स्थापना गरेको फाउन्डेसनले नेपालका दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा समुदाय विकासमा लामो समयदेखि काम गर्दै आएको छ। हाल फाउन्डेसनको नेतृत्व डा. काङले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्