Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
समाचार

दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने

२१ भाद्र २०८३, आईतवार २१:२१

काठमाडौं। दक्षिण कोरियाली गैरनाफामूलक संस्था उम हङ गिल ह्युमन फाउन्डेसनले बाढीबाट प्रभावित नेपालका गाउँ तथा विस्थापितका शिविरमा राहत तथा सहयोग पुर्‍याउने भएको छ।

फाउन्डेसनका नेपाल निर्देशक तथा पूर्वकूटनीतिज्ञ एवं प्राध्यापक डा. काङ डेसेक (डेनिस)का अनुसार संस्थाले अहिले प्रभावित व्यक्ति तथा परिवारको नाम र सम्पर्क विवरण संकलन गरिरहेको छ।

प्रारम्भिक सूची तयार भएपछि स्थलगत सर्वेक्षण, लाभग्राही छनोट, सम्बन्धित सरकारी निकायको स्वीकृति, स्थलगत अनुगमन र त्यसपछि राहत सामग्री वितरण गरिनेछ।

सन् २००८ मा चर्चित दक्षिण कोरियाली पर्वतारोही क्याप्टेन उम हङ गिलले स्थापना गरेको फाउन्डेसनले नेपालका दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा समुदाय विकासमा लामो समयदेखि काम गर्दै आएको छ। हाल फाउन्डेसनको नेतृत्व डा. काङले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्