काठमाडौं। ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’का सभापति गणेश पराजुलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले पराजुलीलाई शपथ गराएका हुन्। पराजुलीलाई आजै समितिको सभापतिमा चयन गरिएको थियो ।
भोटेकोसी विपद्का विषयमा अध्ययन तथा छानबिन गर्न प्रतिनिधिसभाले असोज ५ गते १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।