Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित

२५ कार्तिक २०८३, मंगलवार १५:१९

काठमाडौं। तिहार तथा छठ पर्वको पावन अवसरमा माँ भाटभटेनी संस्थाको आयोजनामा बागमती प्रदेश सरकारका पाँच जना मन्त्रीलाई विशेष सम्मान गरिएको छ।

राष्ट्रको विकास, सुशासन र समृद्धिमा पुर्‍याउनुभएको विशिष्ट योगदान, कुशल नेतृत्व तथा जनसेवाप्रतिको समर्पणको उच्च कदर गर्दै संस्थाले मन्त्रीहरूलाई सम्मानपत्र प्रदान गरेको हो।

कार्यक्रममा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री माननीय राजेन्द्र प्रजापति प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय राजु विष्ट, भौतिक पूर्वाधार विकास मन्त्री माननीय भरतबहादुर के.सी., विनाविभागीय मन्त्री माननीय ज्ञानबहादुर तामाङ तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्री माननीय गिरबहादुर तामाङलाई सम्मान गरिएको थियो।

काठमाडौं महानगरपालिका–५, हाँडीगाउँस्थित गहनापोखरी परिसरमा सम्पन्न कार्यक्रममा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्मानित मन्त्रीहरूको दूरदर्शी सोच, निष्ठा र नेतृत्वले देशको सामाजिक, आर्थिक तथा प्रशासनिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरिएको थियो। सम्मानपत्रमार्फत मन्त्रीहरूको सुख, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामनासमेत व्यक्त गरिएको थियो।

प्रमुख अतिथि मन्त्री राजेन्द्र प्रजापतिले कार्यक्रममा उपस्थित सम्पूर्ण देशवासीलाई तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै सम्मान कार्यक्रम आयोजना गरेको माँ भाटभटेनी संस्था परिवारप्रति धन्यवाद तथा आभार प्रकट गर्नुभयो।

संस्थाकी अध्यक्ष मधुकुमारी थापा (श्रेष्ठ) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा संयोजन संस्थाकी सचिव सबिना प्रजापतिले गर्नुभएको थियो।

कार्यक्रमले जनप्रतिनिधि र स्थानीय समुदायबीचको सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै सामाजिक सद्भाव, आपसी एकता र जनसेवाप्रतिको सम्मान अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्