Trending
चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो     |     मुस्ताङमा पहिलो चौमासिकमा एक लाख १२ हजार पर्यटक     |     नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा     |     उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत     |     भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |    
समाचार

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

३ मंसिर २०८३, बुधबार २०:४७

काठमाडौँ। सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

साविक सिमरा गाविसका वडा नं १ देखि ७ सम्मका ती परिवारले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व पाएका हुन् । नापी कार्यालय सर्लाहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।

उक्त क्षेत्रको नापजाँच २०७१ सालमै सम्पन्न भएको थियो । तर नापजाँच र नक्साङ्कन पूरा भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया बाँकी रहेकाले लालपुर्जा वितरण हुन सकेको थिएन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको पहलमा लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि लालपुर्जा वितरण गरिएको उहाँको सचिवालयले जनाएको छ ।

लालपुर्जा प्राप्त भएपछि स्थानीय परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित हुनुका साथै जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने र भूमिसम्बन्धी विवाद निरुपणमा सहयोग पुग्ने सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्