Trending
एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |     चलचित्र ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक     |     विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौंको दोस्रो जित     |    
समाचार

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन

२४ कार्तिक २०८३, सोमबार २०:२५

काठमाडौँ। तिहारको अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न पाइने भएको छ । गृह मन्त्रालयले यसका लागि देशभरका जिल्ला प्रशासन कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्दै सामाजिक सद्भाव कायम हुने गरी देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न दिन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले देउसी–भैलो कार्यक्रम स्वेच्छिक र मर्यादित हुनुपर्नेमा जोड दिएको छ । कसैलाई पनि चन्दा वा दक्षिणा दिन दबाब दिन नपाइने स्पष्ट पार्दै जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायबीच घृणा र द्वेष फैलाउने अश्लील गीत, सङ्गीत, नृत्य तथा नाराको प्रयोग नगर्न निर्देशन दिएको छ ।

त्यस्तै, तिहारका बेला जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरेर होहल्ला गर्ने तथा मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारीसाधन चलाउने गतिविधि रोक्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

देउसी–भैलोका क्रममा अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम तथा अन्य ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ ।

साथै, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता र फोहोरमैला व्यवस्थापनमा ध्यान दिन पनि मन्त्रालयले नागरिकलाई सचेत गराएको छ ।

चाडपर्वका क्रममा कुनै शङ्कास्पद गतिविधि, दुर्घटना वा अन्य समस्या देखिएमा तत्काल प्रहरीको १०० नम्बर वा आपतकालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) को १२३४ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्