काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार चितवन राइनोजविरुद्धको खेलमा काठमाडौं गोर्खाजले जितका लागि १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो।
काठमाडौंका लागि राशिद खानले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ३० बलको सामना गर्दै २ चौका र ४ छक्का प्रहार गरे।
त्यस्तै, सहान अराचिगेले ३३ रन, विलियम बोसिस्टोले २७ रन र करण केसीले २० रन बनाए। इनिङ्सको अन्त्यतिर सन्तोष यादवले २ बलमा ८ रन जोड्दै टोलीको योगफल १८० रनसम्म पुर्याएका थिए।
बलिङतर्फ चितवनका रिजन ढकालले ३ विकेट लिए। कमल ऐरी र सिकन्दर राजाले समान २-२ विकेट हात पारे भने डान माउज्लीले एक विकेट लिएका छन्।