Trending
काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |     चलचित्र ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक     |    
समाचार

काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात

२४ कार्तिक २०८३, सोमबार २१:४२

झापा। काँकडभिट्टा नाकाबाट गत असोज महिनामा रु ९८ करोड ८८ लाख ८४ हजार बराबरको अलैँची निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो महिनामा पाँच लाख ४१ हजार ९४० केजी अलँैची भारत निर्यात भएको छ ।

उनका अनुसार रु ४९ करोड ५४ लाख ५२ हजार बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया, रु ४४ करोड २३ लाख ४८ हजारको एक लाख १८ हजार ४४४ केजी प्लाइउड र रु आठ करोड ९५ लाख ५० हजारको १३ लाख १९ हजार १४० केजी अम्रिसो निर्यात भएको छ ।

अलैँची, चिया र प्लाइउड पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा उत्पादन हुने निर्यातजन्य वस्तु हुन् ।

सोही महिनामा रु आठ करोड ९५ लाख ३६ हजार मूल्य बराबरको ४६ हजार ७४५ केजी छुर्पी (कुकुर बिरालोको खाना), रु २९ करोड ८४ लाख ६७ हजारको २० लाख ८० हजार ७६३ केजी फलामे पाता र रु चार करोड ८३ लाख १८ हजार बराबरको ४८ हजार ३१८ केजी सुकुटी (सुकाएको मासु) निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्