Trending
बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |     स्विडेनद्वारा युक्रेनलाई सन्यै सहायता घोषणा     |     दाङमा एमालेको झण्डा जलाउने रास्वपालाई सार्वजनिक रुपमा माफी माग्न युवा संघको माग, नत्र देशव्यापी रुपमा…     |     केनिशलाई स्वर्ण     |    
खोज अनुसन्धान

जी—७ बैठक: युद्ध भुमरीमा विश्व !

३२ जेष्ठ २०८१, शुक्रबार १६:३६

जुन १३ का दिन इटालीको पुग्लिया(अपुलिया)मा जी ७ को वार्षिक सम्मेलनले युद्ध ग्रस्त देश युक्रेनलाई ५० अर्ब युएस डलर ऋण दिने निर्णय गरेको छ । ६६ खर्ब ८१ अर्ब ७१ करोछ ५० लाख नेपाली रुपियाँ बराबरको रकम युक्रेन रुसको बीचमा गत २८ महिनादेखि भएको युद्ध, त्यहाँको विकासकालागि भनेर दिइएको जनाइएको छ । सात वटा देशहरुमा रहेको रुसको सम्पत्तिमाथि लगाएको प्रतिबन्धित ३ सय अर्ब डलरको व्याज रकम दिने निर्णय गरेको छ । जी ७ मा रहेका फ्रान्समा ७१ अर्ब, जापानमा ५८, जर्मनीमा ५५, अमेरिकामा ३८, बेलायतमा २६, अट्रियामा १७ र क्यानडासँग १६ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ  ।

जी—७को सदस्य नरहेको तर शिखर सम्मेलनमा सहभागी युक्रेनी राष्ट्रपति भोलोडिमर जेलेन्स्कीले यो कदमलाई “युक्रेनलाई यो युद्ध जित्नको लागि दिगो समर्थन प्रदान गर्नको लागि एक महत्त्वपूर्ण कदम“ भएको बताएका थिए । केही विज्ञहरू भन्छन् अमेरिकी राष्ट्रपति जो बाइडेनले यो ऋण पारित गर्न दवाव जोड दिएका थिए । बाइडेनले युक्रेनको सेनालाई तालिम दिनको लागि नयाँ १० बर्षे सुरक्षा योजना पूरा गर्न यो ऋण पारित गर्न दवाव दिएका थिए । अबका दिनहरुमा संयुक्त राज्य अमेरिकामा राजनीतिक रूपमा अस्थिर समय आउन लागेको समयमा सही गरिएको छ । उक्त रकम युक्रेनले हतियार किन्न, तर पुनर्निर्माणमा पनि पैसा प्रयोग गर्ने  प्रारम्भिक प्रतिक्रिया छ ।

जी—७ को उक्त निर्णयप्रति रुसले तुरुन्तै प्रतिक्रिया जनाएको छ । त्यो घोषणाको केही घण्टा पछि, रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले प्रतिशोध “अत्यन्तै पीडादायी“ उपायहरू अपनाउनु पर्ने प्रतिक्रिया दिएकी छिन् ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सम्पत्ति रोक्का गरेर युक्रेनलाई ऋण प्याकेज उपलब्ध गराउन पश्चिमी देशहरूले गरेको सम्झौताको निन्दा गरेका छन् र बदला लिने वाचा गरेका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँगको बैठकमा बोल्दै पुतिनले भने “पश्चिमका नेताहरूले सम्पत्ति रोक्का गर्नका लागि “कुनै किसिमको कानुनी आधार“ ल्याउन खोजिरहेका छन्, “तर सबै चालबाजीका बाबजुद पनि चोरी चोरी नै हो । र उनीहरु दण्डित हुने छन् ।“

ठीक यसैगरी जी—७ को बैठकमा चीनको औद्योगिक विकासका बारेमा बेप्रसंगको बहस गरिराखेका छन् । जी—७ को निर्णय बैठकका प्रस्तावहरुले विश्वमा चलिरहेका वर्तमान युद्धहरुलाई अझै मलजल गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्