Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक, के के छन् विशेषता ?

२८ आश्विन २०८१, सोमबार ०२:०८

काठमाडौं। एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक गरेको छ।

अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘भी-रोबोट’ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले एआई फिचरसहितको रोबोट ट्याक्सी सार्वजनिक गरेका हुन्।

दुई सिटको स्टेयरिङ र पेडल दुवै नभएको यस ट्याक्सी ३० हजार डलरमा किन्न सकिने बताइएको छ । मस्कले सन् २०२७ अघि साइबर क्याबको उत्पादन सुरु हुने आशा व्यक्त गरेका छन् ।

कम्पनीले २० जना बोक्न सक्ने क्षमताको अर्को अटोनोमस गाडी ‘रोबोभन’ पनि सार्बजनिक गरेको छ । यसमा सामान पनि बोक्न सकिन्छ । उदाहरण दिँदै मस्कले यसलाई खेलकुद टोलीको ढुवानीका लागि प्रयोग गर्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्