Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

चलचित्र ‘१२ गाउँ’ युट्युबमा लिक

२८ आश्विन २०८१, सोमबार ०२:५४

काठमाडौं। नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । चलचित्रकाे हल प्रिन्ट भिडियाे युट्युबमार्फत लिक भएकाे हाे ।

‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्रको पूर्ण अंश लिक भएको थियो । यद्यपि उक्त च्यानल अहिले अनपब्लिस भएको छ ।तर, अन्य थुप्रै च्यानलमार्फत पनि फिल्मका क्लिपहरू  पब्लिस भइरहेका छन् । मज्जाको टिभी नामक च्यानलमार्फत ५८ मिनेटभन्दा बढीको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएका फिल्मका क्लिपहरू हल प्रिन्ट खालका छन् । बडादशैंको अवसरमा फूलपातीका दिन रिलिज भएकाे चलचित्र ‘१२ गाउँ’ले बक्सअफिसमा निकै सानदार प्रदर्शन गरिरहेकाे छ । प्रदर्शनकाे सुरूवातदेखि नै अधिकांश मल्टिप्लेक्समा हाउसफूलकाे अवस्था छ ।

यद्दपि, यसरी फूल भिडियाे र क्लिपहरू लिक हुँदा कस्ताे असर गर्ला भन्ने चिन्ता देखिएकाे छ । अभिनेता विराज भट्टको बहुप्रतिक्षित मानिएकाे चलचित्र ‘१२ गाउँ’ उनकै छाेरा समिर भट्टले मुख्य अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्