Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

चलचित्र ‘१२ गाउँ’ युट्युबमा लिक

२८ आश्विन २०८१, सोमबार ०२:५४

काठमाडौं। नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । चलचित्रकाे हल प्रिन्ट भिडियाे युट्युबमार्फत लिक भएकाे हाे ।

‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्रको पूर्ण अंश लिक भएको थियो । यद्यपि उक्त च्यानल अहिले अनपब्लिस भएको छ ।तर, अन्य थुप्रै च्यानलमार्फत पनि फिल्मका क्लिपहरू  पब्लिस भइरहेका छन् । मज्जाको टिभी नामक च्यानलमार्फत ५८ मिनेटभन्दा बढीको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएका फिल्मका क्लिपहरू हल प्रिन्ट खालका छन् । बडादशैंको अवसरमा फूलपातीका दिन रिलिज भएकाे चलचित्र ‘१२ गाउँ’ले बक्सअफिसमा निकै सानदार प्रदर्शन गरिरहेकाे छ । प्रदर्शनकाे सुरूवातदेखि नै अधिकांश मल्टिप्लेक्समा हाउसफूलकाे अवस्था छ ।

यद्दपि, यसरी फूल भिडियाे र क्लिपहरू लिक हुँदा कस्ताे असर गर्ला भन्ने चिन्ता देखिएकाे छ । अभिनेता विराज भट्टको बहुप्रतिक्षित मानिएकाे चलचित्र ‘१२ गाउँ’ उनकै छाेरा समिर भट्टले मुख्य अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्