Trending
सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना     |     आज भाइटीका, उत्तम साइत ११ः ३९ बजे     |     आज तिहारको मुख्य दिन भाइटीका     |     आज अमेरिकी डलर स्थिर, यूरो र पाउण्डको भाउमा सामान्य गिरावट     |     सल्यानमा प्रहरीले ठूलो मात्रामा अवैध सामग्री बरामद, ५४ जना फरार प्रतिवादी पक्राउ     |     कर्णाली नदीमा हाम फालेकी किशोरी मृत फेला     |     जेनजी आन्दोलनका घाइते भन्छन्- घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले     |     कलाकारसँग प्रधानमन्त्रीको आग्रह- दुष्प्रचार चिर्न भूमिका खेलिदिनुहोस्     |     चीनसँग राम्रो सम्बन्ध चाहन्छु, तर नोभेम्बर १ देखि १५५ प्रतिशत कर लागू हुनेछ : ट्रम्प     |     नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते     |    
स्वास्थ्य

गर्मीमा कसरी गर्ने छालाको हेरचाह, अपनाउनुहोस् यी सरल तरिका

५ जेष्ठ २०८१, शनिबार १६:२३

गर्मी  मौसममा बढी  गर्मीका कारण हाम्रो स्किन बढि ओइली र चिपचिप हुन्छ । जसको फलस्वरुप छालाका रोम छिद्रहरु प्रष्ट  देखिन्छ । अर्थात खुल्ला पोर्सको बढी समस्या देखा पर्दछ साथै पिम्पल्स पनि बढि हुन्छ र डिहाइड्रेटेड पनि हुन्छ ।

जसककारण स्किन ड्राई र प्याची पनि हुन्छ । यस्तो स्थितिमा आफ्नो स्किनलाई हाइड्रेटेड र स्वस्थ राख्न जरुरी छ । गर्मीमा घाममा हिड्नाले हाम्रो स्किन बढी ओइली पनि हुन्छ । तसर्थ, गर्मी  महिनामा हाम्रो स्किनलाई अझै बढी स्याहारको जरुरत पर्दछ । यससमय शरीर र स्किनको स्याहर गर्नु अत्यन्तै आवश्यक पर्दछ । गर्मी महिनामा छालाको हेरचाह गर्ने उपायहरु गर्मीमा सबैभन्दा जरुरी छालालाई हाइड्रेट गर्नु हो । तसर्थ, जति सकिन्छ धेरै पानी पिउने । गर्मिमा छालालाई राम्ररी सफा र रिफे्रस गर्न जरुरी छ । किनकी गर्मीमा बढी मात्रामा सेबम र पसिना आउने हुनाले छालामा ब्याक्टेरिया,धुलो र  माटो टासिन गई डेड सेल र ब्ल्याकहेड्सको समस्या हुनेहुनाले पनि छालालाई गर्मी  महिनामा बढी किलंजिङ र रिफे्रसरको आवश्यक्ता पर्दछ ।

फेस किलंजिङको प्रयोग गर्दा ओइली स्किन छ भने ओइल-फ्री किलंजिङको प्रयोग गर्ने र ड्रार्ई छ भने जेन्टल किलंजिङको प्रयोग गर्न सकिन्छ । गर्मी महिनामा कमसेकम दिनमा दुईपटकसम्म स्किन क्लिन गर्नुपर्दछ । किलंजिङ पछि आफ्नो छालालाई राम्रोसगँ एक्सफोलिएट गर्ने । एक्सफोलिएट गर्नाले छालामा भएका डेड सेलहरु हटाइ नयाँ सेल पुनस्उत्पन्र हुन मद्धत पुग्छ।तर ध्यान दिनु पर्ने कुरा छालालाई एक्सफोलिएट गर्दा हप्ताको एकपटक मात्र गर्ने ।

आवश्यक्ता भन्दा बढी एक्सफोलिएट गर्नोले छालालाई क्षति पनि गर्न सक्छ । छालामा हाईड्रेटिङ  मोस्चराइजर लगाउन नबिर्सिने । यसले छालामा मोस्चर बनाई राख्छ र हाईड्रेट पनि गर्छ । कतिपय व्यक्तिहरुले गर्मीमा मोस्चराइजर लगाउन जरुरी सम्झीन्दैन्न् । जसको फलस्वरुप छाला ड्राई र डल देखिन्छ । गर्मी महिनामा जब हामी बढी पसिना र सिबम हटाउन रेगुलर किलंजिङ गछौ तब हाम्रो छाला ड्राई भइरहन्छ तसर्थ छालालाई नरम बानाइ राख्न मोस्चराइजरको आवश्यक्ता पनि पर्दछ । गर्मी  महिनामा घामको ताप पनि बढी हुन्छ ।

तसर्थ, घामको ताप बाट बच्नको लागि सनस्क्रीनको प्रयोग गर्नु पर्दछ । सनस्क्रीनले हाम्रो छालालाई घामको ‘यूभिए’ र ‘यूभिबि’किरणबाट हुने नराम्रो प्रवाहबाट बचाउँछ । गर्मीको चर्को घामबाट बच्न  कम्तिमा  पनि एपिएफ ३० भन्दा बढीको सनस्क्रीनको प्रयोग गर्ने । स्वस्थ स्किनको लागि स्वस्थ खाना पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्