Trending
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण     |     शीतल पाण्डेको प्रस्तुति ‘गाली नि मीठो’ सार्वजनिक     |     म्युजिक भिडियो कलाकार सङ्घको वार्षिक क्यालेन्डर विमोचन     |     डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त     |     किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |    
स्वास्थ्य

गर्मीमा कसरी गर्ने छालाको हेरचाह, अपनाउनुहोस् यी सरल तरिका

५ जेष्ठ २०८१, शनिबार १६:२३

गर्मी  मौसममा बढी  गर्मीका कारण हाम्रो स्किन बढि ओइली र चिपचिप हुन्छ । जसको फलस्वरुप छालाका रोम छिद्रहरु प्रष्ट  देखिन्छ । अर्थात खुल्ला पोर्सको बढी समस्या देखा पर्दछ साथै पिम्पल्स पनि बढि हुन्छ र डिहाइड्रेटेड पनि हुन्छ ।

जसककारण स्किन ड्राई र प्याची पनि हुन्छ । यस्तो स्थितिमा आफ्नो स्किनलाई हाइड्रेटेड र स्वस्थ राख्न जरुरी छ । गर्मीमा घाममा हिड्नाले हाम्रो स्किन बढी ओइली पनि हुन्छ । तसर्थ, गर्मी  महिनामा हाम्रो स्किनलाई अझै बढी स्याहारको जरुरत पर्दछ । यससमय शरीर र स्किनको स्याहर गर्नु अत्यन्तै आवश्यक पर्दछ । गर्मी महिनामा छालाको हेरचाह गर्ने उपायहरु गर्मीमा सबैभन्दा जरुरी छालालाई हाइड्रेट गर्नु हो । तसर्थ, जति सकिन्छ धेरै पानी पिउने । गर्मिमा छालालाई राम्ररी सफा र रिफे्रस गर्न जरुरी छ । किनकी गर्मीमा बढी मात्रामा सेबम र पसिना आउने हुनाले छालामा ब्याक्टेरिया,धुलो र  माटो टासिन गई डेड सेल र ब्ल्याकहेड्सको समस्या हुनेहुनाले पनि छालालाई गर्मी  महिनामा बढी किलंजिङ र रिफे्रसरको आवश्यक्ता पर्दछ ।

फेस किलंजिङको प्रयोग गर्दा ओइली स्किन छ भने ओइल-फ्री किलंजिङको प्रयोग गर्ने र ड्रार्ई छ भने जेन्टल किलंजिङको प्रयोग गर्न सकिन्छ । गर्मी महिनामा कमसेकम दिनमा दुईपटकसम्म स्किन क्लिन गर्नुपर्दछ । किलंजिङ पछि आफ्नो छालालाई राम्रोसगँ एक्सफोलिएट गर्ने । एक्सफोलिएट गर्नाले छालामा भएका डेड सेलहरु हटाइ नयाँ सेल पुनस्उत्पन्र हुन मद्धत पुग्छ।तर ध्यान दिनु पर्ने कुरा छालालाई एक्सफोलिएट गर्दा हप्ताको एकपटक मात्र गर्ने ।

आवश्यक्ता भन्दा बढी एक्सफोलिएट गर्नोले छालालाई क्षति पनि गर्न सक्छ । छालामा हाईड्रेटिङ  मोस्चराइजर लगाउन नबिर्सिने । यसले छालामा मोस्चर बनाई राख्छ र हाईड्रेट पनि गर्छ । कतिपय व्यक्तिहरुले गर्मीमा मोस्चराइजर लगाउन जरुरी सम्झीन्दैन्न् । जसको फलस्वरुप छाला ड्राई र डल देखिन्छ । गर्मी महिनामा जब हामी बढी पसिना र सिबम हटाउन रेगुलर किलंजिङ गछौ तब हाम्रो छाला ड्राई भइरहन्छ तसर्थ छालालाई नरम बानाइ राख्न मोस्चराइजरको आवश्यक्ता पनि पर्दछ । गर्मी  महिनामा घामको ताप पनि बढी हुन्छ ।

तसर्थ, घामको ताप बाट बच्नको लागि सनस्क्रीनको प्रयोग गर्नु पर्दछ । सनस्क्रीनले हाम्रो छालालाई घामको ‘यूभिए’ र ‘यूभिबि’किरणबाट हुने नराम्रो प्रवाहबाट बचाउँछ । गर्मीको चर्को घामबाट बच्न  कम्तिमा  पनि एपिएफ ३० भन्दा बढीको सनस्क्रीनको प्रयोग गर्ने । स्वस्थ स्किनको लागि स्वस्थ खाना पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्