Trending
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |     एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा ओमनसँग भिड्ने     |    
समाचार

पूर्वविशिष्टलाई सुविधा आवश्यक छैन, स्वास्थ्य नीति कठोर रूपमा लागू गरिने – मन्त्री पौडेल

९ चैत्र २०८१, शनिबार ११:४४

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पूर्वविशिष्ट व्यक्तिहरूलाई सम्मान उचित भए पनि थप आर्थिक सुविधा दिन नहुने बताएका छन्।

बाँकेमा आयोजित कार्यक्रममा उनले राज्यका स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने भन्दै पूर्वविशिष्टहरूलाई अनावश्यक सुविधा प्रदान गर्नु गलत हुने धारणा व्यक्त गरे।

उनले सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा श्रम ऐनअनुसार तलब वितरण नगरेमा ती संस्थाहरूको सम्बन्धन खारेज गरिने चेतावनी दिए।

मन्त्री पौडेलले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले ठूलो लगानी गरिसकेको उल्लेख गर्दै ती अस्पतालहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे।

औषधिको मूल्य समायोजनका लागि सरकार काम गरिरहेको जानकारी दिँदै उनले राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गरिने बताए। बिरामीहरूका लागि स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने सरकारको नीति रहेको भन्दै उनले स्वास्थ्य सेवालाई व्यवस्थित, गुणस्तरीय र जनमुखी बनाउन कठोर निर्णयहरू लिनु आवश्यक रहेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्