Trending
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |    
समाचार

पूर्वविशिष्टलाई सुविधा आवश्यक छैन, स्वास्थ्य नीति कठोर रूपमा लागू गरिने – मन्त्री पौडेल

९ चैत्र २०८१, शनिबार ११:४४

नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पूर्वविशिष्ट व्यक्तिहरूलाई सम्मान उचित भए पनि थप आर्थिक सुविधा दिन नहुने बताएका छन्।

बाँकेमा आयोजित कार्यक्रममा उनले राज्यका स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने भन्दै पूर्वविशिष्टहरूलाई अनावश्यक सुविधा प्रदान गर्नु गलत हुने धारणा व्यक्त गरे।

उनले सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा श्रम ऐनअनुसार तलब वितरण नगरेमा ती संस्थाहरूको सम्बन्धन खारेज गरिने चेतावनी दिए।

मन्त्री पौडेलले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले ठूलो लगानी गरिसकेको उल्लेख गर्दै ती अस्पतालहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे।

औषधिको मूल्य समायोजनका लागि सरकार काम गरिरहेको जानकारी दिँदै उनले राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गरिने बताए। बिरामीहरूका लागि स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने सरकारको नीति रहेको भन्दै उनले स्वास्थ्य सेवालाई व्यवस्थित, गुणस्तरीय र जनमुखी बनाउन कठोर निर्णयहरू लिनु आवश्यक रहेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्