Trending
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |     एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा ओमनसँग भिड्ने     |    
समाचार

स्वास्थ्यमन्त्री पौडेलले सपना मात्र बाँडे : सांसद कार्की

१२ फाल्गुन २०८१, सोमबार ०८:५४

१२ फागुन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन् ।

आज (सोमबार) को प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्‍याउँछु भनेर महत्वकांक्षी सपना बाँडेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाएकी हुन् । उनले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेल सल्लाहकार पुग्दैन भने मार्ग प्रशस्त गरिदिन आग्रह समेत गरिन् ।

उनले भनिन्, ‘स्वास्थ्य बिमाको सीमालाई पाँच लाख पुर्‍याउँछु भन्ने महत्त्वाकाङ्क्षी सपना बाँड्नु हुने स्वास्थ्यमन्त्रीबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बिमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिएको अभिव्यक्ति सुनेर अचम्म लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्