Trending
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो     |     एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै     |     भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज     |     एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित     |     सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य     |     मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह     |     जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य     |     सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता     |     स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज     |     ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न     |    
समाचार

स्वास्थ्यमन्त्री पौडेलले सपना मात्र बाँडे : सांसद कार्की

१२ फाल्गुन २०८१, सोमबार ०८:५४

१२ फागुन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन् ।

आज (सोमबार) को प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्‍याउँछु भनेर महत्वकांक्षी सपना बाँडेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाएकी हुन् । उनले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेल सल्लाहकार पुग्दैन भने मार्ग प्रशस्त गरिदिन आग्रह समेत गरिन् ।

उनले भनिन्, ‘स्वास्थ्य बिमाको सीमालाई पाँच लाख पुर्‍याउँछु भन्ने महत्त्वाकाङ्क्षी सपना बाँड्नु हुने स्वास्थ्यमन्त्रीबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बिमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिएको अभिव्यक्ति सुनेर अचम्म लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्