Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

चीनद्वारा नयाँ पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण

१ कार्तिक २०८१, बिहीबार ०४:२५

 काठमाडौं। नयाँ आविष्कारमा चीनले तीब्रता दिएको छ । बुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको हो ।

गाओफेन–१२ ०५ स्याटेलाइट बिहान ७ः४५ मा (बेइजिङ समय) लङ मार्च–४सी क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो । योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ ।

यो भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ५४० औं उडान मिसन हो ।

प्रतिक्रिया दिनुहोस्