Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

चीनद्वारा नयाँ पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण

१ कार्तिक २०८१, बिहीबार ०४:२५

 काठमाडौं। नयाँ आविष्कारमा चीनले तीब्रता दिएको छ । बुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको हो ।

गाओफेन–१२ ०५ स्याटेलाइट बिहान ७ः४५ मा (बेइजिङ समय) लङ मार्च–४सी क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो । योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ ।

यो भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ५४० औं उडान मिसन हो ।

प्रतिक्रिया दिनुहोस्