Trending
हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड     |     जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द     |     नेपाली कांग्रेसले १५ नेतामाथि कारबाही गरेपछि शेखर समूह असन्तुष्ट, भोलि बैठक बस्दै     |     गण्डकी प्रदेशका लेखा अधिकृत झलक शर्माविरुद्ध ३ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा     |     कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ     |     पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन     |     सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह     |     विपक्षी दलका विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध     |     एसईईमा ४.० जिपिए ल्याउने बाँकेकी सृजना डि.सी. पहिलो विद्यार्थी     |     विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन     |    
समाचार

सन्तान छाडेर श्रम गर्न विदेसिँदै आमाहरु

१ कार्तिक २०८१, बिहीबार १०:५२

१ कातिक, काठमाडौँ। दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन्। मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, “घर चलाउन, घरै छाड्नुपर्‍याे ।” घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उनको भनाइ थियो।

कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो। कलाकारिता पेसामा आबद्ध श्रीमान्को कमाइले परिवार चलाउन सकिनन्। छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो। उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोच्नुभएको होइन तर लगानी गर्ने आँट नभएपछि विदेसिन बाध्य भएको बताइन्।

सन्तान छाडेर विदेसिने कुन आमालाई खुसी मिल्छ होला र”, उनले भनिन्, “मुटुमा ढुङ्गा राखेर जान लागेकी छु। राम्रै कम्पनी परे त ठिकै हो। नभए के गर्ने थाहा छैन।” गिरीसँगै कामदारका रुपमा विदेश जान आठ महिला तयार हुनुहुन्थ्यो। ती सबै आमाहरु थिए।

त्यही लहरमा भेटिनुभएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो। आफ्नै नाम भन्न लजाउने तामाङले समुन्द्रपारिको मुलुकमा कसरी काम गुर्नहुन्छ? भन्ने प्रश्नको जवाफ छोटोमा दिइन्, “जे त होला।” तामाङले ५ कक्षासम्म मात्रै पढ्नुभएको छ। सानैमा बिहे भयो। १० वर्षकी छोरी छोडेर विदेसिनु कुनै महत्वाकाङ्क्षा नरहेको उनको भनाइ छ।

यो मेरो बाध्यता हो”, उनी भन्छिन्, “छोरी हुर्किंदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले विदेसिने बनायो।” तामाङका श्रीमान् सवारी चालक हुनुहुन्छ। सुकुम्बासी बस्तीमा बस्ने उनीहरुको जग्गा जमिन छैन। घर चलाउन श्रीमान्लाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातीमा दाग देखिएपछि उनले आफैँ विदेसिने निधो गरेकी हुन्। “नेपालको कमाइले पुग्दैन। महँगी छ। त्यसैले विदेसिनुको विकल्प देखिँन”, उनले भनिन्।

स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा  श्रीमान्ले काम नगर्ने, जाँड रक्सी खाएर कुटपिट गर्ने गरेपछि उनले ‘फुटपाथ’मा साग बेचेर जीविकोपार्जन गर्दै आएकी थिइन्। छोराछोरी पढाउन र हुर्काउन गाह्रो भयो। श्रीमान्लाई फकाएर मलेसिया पठाइन्। विदेश गएका श्रीमान्ले खर्च पठाउने आशामा पाँच वर्ष बित्यो तर श्रीमान्ले न त पैसा पठाइन् न त फोन सम्पर्क नै। हातमुख जोर्न मुस्किल भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रवासमा राखेर दुबई जान लागेको बताइन्।

विदेश गएको श्रीमान्ले एक सुको पठाएन, वास्तै गरेन”, उनले भनिन्, “छोराछोरी पाल्ने कोही नभएपछि उनीहरुकै भविष्यका लागि विदसिन लागेकी हुँ।”

प्रतिक्रिया दिनुहोस्