Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

सन्तान छाडेर श्रम गर्न विदेसिँदै आमाहरु

१ कार्तिक २०८१, बिहीबार १०:५२

१ कातिक, काठमाडौँ। दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन्। मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, “घर चलाउन, घरै छाड्नुपर्‍याे ।” घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उनको भनाइ थियो।

कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो। कलाकारिता पेसामा आबद्ध श्रीमान्को कमाइले परिवार चलाउन सकिनन्। छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो। उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोच्नुभएको होइन तर लगानी गर्ने आँट नभएपछि विदेसिन बाध्य भएको बताइन्।

सन्तान छाडेर विदेसिने कुन आमालाई खुसी मिल्छ होला र”, उनले भनिन्, “मुटुमा ढुङ्गा राखेर जान लागेकी छु। राम्रै कम्पनी परे त ठिकै हो। नभए के गर्ने थाहा छैन।” गिरीसँगै कामदारका रुपमा विदेश जान आठ महिला तयार हुनुहुन्थ्यो। ती सबै आमाहरु थिए।

त्यही लहरमा भेटिनुभएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो। आफ्नै नाम भन्न लजाउने तामाङले समुन्द्रपारिको मुलुकमा कसरी काम गुर्नहुन्छ? भन्ने प्रश्नको जवाफ छोटोमा दिइन्, “जे त होला।” तामाङले ५ कक्षासम्म मात्रै पढ्नुभएको छ। सानैमा बिहे भयो। १० वर्षकी छोरी छोडेर विदेसिनु कुनै महत्वाकाङ्क्षा नरहेको उनको भनाइ छ।

यो मेरो बाध्यता हो”, उनी भन्छिन्, “छोरी हुर्किंदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले विदेसिने बनायो।” तामाङका श्रीमान् सवारी चालक हुनुहुन्छ। सुकुम्बासी बस्तीमा बस्ने उनीहरुको जग्गा जमिन छैन। घर चलाउन श्रीमान्लाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातीमा दाग देखिएपछि उनले आफैँ विदेसिने निधो गरेकी हुन्। “नेपालको कमाइले पुग्दैन। महँगी छ। त्यसैले विदेसिनुको विकल्प देखिँन”, उनले भनिन्।

स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा  श्रीमान्ले काम नगर्ने, जाँड रक्सी खाएर कुटपिट गर्ने गरेपछि उनले ‘फुटपाथ’मा साग बेचेर जीविकोपार्जन गर्दै आएकी थिइन्। छोराछोरी पढाउन र हुर्काउन गाह्रो भयो। श्रीमान्लाई फकाएर मलेसिया पठाइन्। विदेश गएका श्रीमान्ले खर्च पठाउने आशामा पाँच वर्ष बित्यो तर श्रीमान्ले न त पैसा पठाइन् न त फोन सम्पर्क नै। हातमुख जोर्न मुस्किल भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रवासमा राखेर दुबई जान लागेको बताइन्।

विदेश गएको श्रीमान्ले एक सुको पठाएन, वास्तै गरेन”, उनले भनिन्, “छोराछोरी पाल्ने कोही नभएपछि उनीहरुकै भविष्यका लागि विदसिन लागेकी हुँ।”

प्रतिक्रिया दिनुहोस्