 
                                    काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोलामा दुई हजार सात सय रुपैयाँ बढेर २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रति तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।