Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
कला र मनोरन्जन

‘परान’ आजदेखि प्रदर्शनमा

१५ कार्तिक २०८२, शुक्रबार १७:०८

काठमाडौँ। नेपाली चलचित्र ‘परान’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ।

अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रले एक परिवारको भावनात्मक कथा प्रस्तुत गरेको छ। निर्देशक दीपकप्रसाद आचार्यका अनुसार, चलचित्रले “सुख खोज्ने बहानामा खुसी गुमाउँदै गएको हाम्रो जीवनशैली”लाई चित्रण गर्छ।

उनी भन्छन्, “चलचित्रमा बा र छोराबीचको सम्बन्धको कथा देखाएको छु। अहिले भविष्य बनाउने नाममा गाउँ छोड्ने चलन बढेको छ, र हामी आफ्नै आमाबाबुको खुसी हराइरहेका छौँ। यही सन्देशलाई कथामा पिरोएको छु।”

चलचित्रको प्रिमियर शोमा उपस्थित चलचित्रकर्मीहरूको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको उनले बताए। उनका अनुसार, “बा–छोराको सम्बन्धमार्फत देखाइएको कथा हरेक नेपाली परिवारसँग जोडिन्छ। दर्शकले हेरेर अरूलाई सिफारिस गर्ने विश्वास छ।”

अभिनेता नीर शाहले पनि चलचित्रमा अभिनय गर्नुको कारण “सामाजिक यथार्थको सशक्त प्रस्तुति” भएको बताए। उनका शब्दमा, “मैले निभाएको पात्रसँग मेरो मनोविज्ञान जोडिएको छ। कथा सुनेपछि नै अभिनय गर्न सहमति दिएको थिएँ।”

चलचित्रमा केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले पनि अभिनय गरेका छन्। अभिनेत्री केकी अधिकारीले यसमा माइली बुहारीको भूमिका निभाएकी छिन्।

शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन र गगन थापा मगरले संगीत संयोजन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्