Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

१२ कार्तिक २०८२, मंगलवार १७:४०

काठमाडौं। दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालगन्ज स्वीमिङ क्लबले नेपालगन्ज रंगशालामा कात्तिक १४ र १५ गते दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्न लागेको छ ।

प्रतियोगितामा सात प्रदेशका करिब २ सय खेलाडीले ५६ वटा विधामा प्रतिस्पर्धा गर्ने पक्का भएको आयोजक नेपालगन्ज स्वीमिङ क्लबले जनाएको छ

प्रतियोगितामा देशभरका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए ।

८ वर्ष मुनिको उमेर समूहका खेलाडीले २५ मिटर दुरीमा, १० वर्ष मुनिको उमेर समूहका खेलाडीले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै १२ र १४ वर्ष मुनिको उमेर समूहका खेलाडीले ५० र १०० मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन् । खुल्ला उमेर समूहका खेलाडीले २०० र ४०० मिटर दुरीमा विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक क्लबले प्रतियोगितामा सहभागिताका लागि आबेदन खुल्ला गरेको छ । इच्छुक खेलाडीले क्लबले उपलब्ध गराउने गुगल फर्म भरेर आवेदन दिन सक्ने छन् । प्रतियोगितामा सहभागी हुन आवेदन फर्म भर्दा खेलाडीले एक हजार पाँच सय शुल्क तिर्नु पर्नेछ । करिब १ सय खेलाडिले अनलाइन फाराम भरी सकेका छन् ।

नेपाल पौडी संघसँग सहकार्य गरेर आयोजक क्लबले नेशनल स्वीमिङ्ग टेक्निकल अफिसियल्स (रेफ्री, जज) क्लिनिक पनि संचालन गर्दैछ । क्लिनिकमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३५ जना रेफ्री, जज सहभागी हुने छन् ।

बाँके जिल्ला बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधि भर निःशुल्क खाजा, खाना र बसोबासको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको तयारीका लागि नेपाल पौडी संघका टेक्निकल हेड बिष्णु खड्का सहित ३ जना प्राविधिक नेपालगञ्ज पुगिसकेका छन् ।

कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उप महानगरपालिका, प्रदेश खेलकुद परिषद् लुम्बिनीलगायत विभिन्न व्यापारिक प्रतिष्ठान, बैंक, अस्पताल, इन्सुरेन्स कम्पनीका अतिरिक्त खेलप्रेमी, उद्यमी ब्यबसायीले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजना गर्न करिब १५ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष न्यौपानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्