Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु

१५ कार्तिक २०८२, शुक्रबार १७:१०

नेपालगन्ज। दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ शुक्रबार बिहानदेखि नेपालगन्जमा सुरु भएको छ।

नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले गरेका हुन्।

उद्घाटन समारोहमा मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकार खेलकुदको विकास र पूर्वाधार विस्तारमा प्रतिबद्ध रहेको बताए। कार्यक्रममा क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीको स्वागत मन्तव्य रहेको थियो। सो अवसरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री रत्न खत्री र प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए।

उद्घाटन खेलमा ५० मिटर ब्याकस्ट्रोक अण्डर–८ ब्वाइज इभेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजविन जिरेलले पहिलो स्थान हात पारे भने आदर्श माध्यमिक विद्यालय नेपालगन्जका युभान श्रेष्ठ दोस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्रो भए।

त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर–८ ब्वाइजमा सगरमाथा क्लबका राजविन जिरेल पुनः पहिलो, शिखा एकेडेमी कोहलपुरका दिप्सन पुन मगर दोस्रो र आदर्श माविका युभान श्रेष्ठ तेस्रो बने।

अण्डर–८ गल्र्स समूहमा २५ मिटर फ्रिस्टाइलमा सगरमाथा क्लबकी छियाना महर्जनले स्वर्ण जितिन् भने आदर्श माविकी समृद्धि न्यौपाने र शिखा एकेडेमीकी श्रीजा रेग्मी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहिन्। २५ मिटर ब्याकस्ट्रोकमा पनि छियाना महर्जनले नै पुनः पहिलो स्थान हात पारिन्।

विजेता खेलाडीहरुलाई मन्त्री पाण्डेले पदक तथा प्रमाणपत्र वितरण गरे। उनले पौडी प्राविधिक विष्णु खड्कालाई ह्वीसिल प्रदान गर्दै प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका थिए।

प्रतियोगितामा देशभरका १५० भन्दा बढी खेलाडीले सहभागिता जनाएका छन्। प्रतिस्पर्धा अण्डर–८, १०, १२, १४, १७ र खुला उमेर समूह गरी विभिन्न ५६ वटा इभेन्टमा सञ्चालन भइरहेको छ। अण्डर–८ खेलाडीहरूले २५ मिटर, अण्डर–१० समूहका खेलाडीहरूले ५० मिटर र अण्डर–१२ तथा १४ समूहका खेलाडीहरूले ५० र १०० मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन्। खुला समूहका प्रतिस्पर्धा २०० र ४०० मिटर दुरीका इभेन्टमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्