 
                                    सुर्खेत। आफ्नै आमाको हत्या गरेको आरोपमा सुर्खेतमा छोरा पक्राउ परेका छन्।
५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिना टोलका ३० वर्षीय कविराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कबिरामले फरूवा प्रहार गर्दा धनिकला गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते भएकी धनिकलाको कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले कबिरामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीविरूद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान सुरू भएको छ।