 
                                    काठमाडौँ। दक्षिण अफ्रिकाका ब्याट्सम्यान फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग(एनपिएल) खेल्ने भएका छन् ।
फ्रेन्चाइजले भर्खरै यसबारे जानकारी दिएको हो । डु प्लेसिसको आगमनसँगै दोस्रो संस्करणको एनपिएल रोचक हुने भएको छ ।
प्लेसिसले विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी समेत सम्हालेका थिए । एनपिएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।