Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

इलेक्ट्रिक कार किनेपछि बेनिशाले लेखिन्- मेरो नयाँ बच्चा !

२८ भाद्र २०८१, शुक्रबार १३:३६

२८ भदौ,काठमाडौँ। नायिका बेनिशा हमालले विद्युतीय कार किनेकी छन् । आमोडा ब्रान्डको नयाँ कार घरमा भित्र्याएको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

उनले गत आइतबार झण्डै ६२ लाख रुपैयाँ मूल्य पर्ने उक्त कार किनेकी हुन् । लागत पनि किफायती रहेको र वातावरणमैत्री भएकाले पनि आफूले विद्युतीय कार खरिद गरेको उनले बताइन् । ‘हामी धेरै हिंडिरहनुपर्छ । किफायती र वातावरणमैत्री पनि हुने भएकाले यो कार किनेकी हुँ’ फिल्म ‘एक्लो’ छायांकनका लागि जोमसोममा रहेकी बेनिशाले अनलाइनखबरसँग भनिन् ।

बेनिशाले गाडीको तस्बिर पोस्ट गर्दै लेखेकी छन्, ‘माइ न्यू बेबी केम होम (मेरो नयाँ बच्चा घर आयो) । ’इलेक्ट्रिकमा स्विच गर्नुहोस् र आफ्नो ड्राइभलाई पावर गर्नुहोस्।  हमालले किनेको कार ओमोडा ब्राण्डको रहेको छ। पछिल्लो समय विद्युतीय कारप्रति सेलिब्रेटीको आकर्षण बढ्ने क्रममा छ। केही समयअघि कलाकार गरिमा शर्माले पनि विद्युतीय गाडी किनेकी थिइन्।

कलाकारहरू हरिवंश आचार्य, रामकृष्ण ढकाल, सञ्जोग कोइराला, सागर लम्साल बले लगायतले पनि विद्युतीय गाडी चढ्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्