Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

इलेक्ट्रिक कार किनेपछि बेनिशाले लेखिन्- मेरो नयाँ बच्चा !

२८ भाद्र २०८१, शुक्रबार १३:३६

२८ भदौ,काठमाडौँ। नायिका बेनिशा हमालले विद्युतीय कार किनेकी छन् । आमोडा ब्रान्डको नयाँ कार घरमा भित्र्याएको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

उनले गत आइतबार झण्डै ६२ लाख रुपैयाँ मूल्य पर्ने उक्त कार किनेकी हुन् । लागत पनि किफायती रहेको र वातावरणमैत्री भएकाले पनि आफूले विद्युतीय कार खरिद गरेको उनले बताइन् । ‘हामी धेरै हिंडिरहनुपर्छ । किफायती र वातावरणमैत्री पनि हुने भएकाले यो कार किनेकी हुँ’ फिल्म ‘एक्लो’ छायांकनका लागि जोमसोममा रहेकी बेनिशाले अनलाइनखबरसँग भनिन् ।

बेनिशाले गाडीको तस्बिर पोस्ट गर्दै लेखेकी छन्, ‘माइ न्यू बेबी केम होम (मेरो नयाँ बच्चा घर आयो) । ’इलेक्ट्रिकमा स्विच गर्नुहोस् र आफ्नो ड्राइभलाई पावर गर्नुहोस्।  हमालले किनेको कार ओमोडा ब्राण्डको रहेको छ। पछिल्लो समय विद्युतीय कारप्रति सेलिब्रेटीको आकर्षण बढ्ने क्रममा छ। केही समयअघि कलाकार गरिमा शर्माले पनि विद्युतीय गाडी किनेकी थिइन्।

कलाकारहरू हरिवंश आचार्य, रामकृष्ण ढकाल, सञ्जोग कोइराला, सागर लम्साल बले लगायतले पनि विद्युतीय गाडी चढ्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्