Trending
मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह     |     जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य     |     सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता     |     स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज     |     ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न     |     एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब     |     सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित     |     टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की     |     एमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मत     |     सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह     |    
विज्ञान र प्रविधि

चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी

२६ कार्तिक २०८१, सोमबार १५:३९

बुटवल। नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दिपल इभीहरूलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ।

नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबार लुम्बिनी प्रदेशलाई लक्षित गरी बुटवलमा दिपल ईभी सार्वजनिक गरेको हो ।

बुटवलमा आयोजित एक विशेष समारोहबीच बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लू वृद्धिका सीईओ जोजुजोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन्  ।

दिपल ईभी सार्वजनिक गर्नुहुँदै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी प्रदेशमा दिपल र चांगानको सफलताको कामना गरे। उनले चांगान र अन्य ब्रान्डहरुले बिक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताए। ‘दिपलले काठमाडौंमा मात्र होइन लुम्बिनीमा पनि बजार तताइसकेको छ। हामीले ग्राहकहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ’, उनले भने।

चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ। ६ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ६ सयभन्दा बढी विक्री भएका छन्। विशेषता यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन् जसका कारण यो इभी नेपाल बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो।

एमएडब्लु वृद्धिले कात्तिक २७ गतेबाट बुटवलमा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ। बुटवलको क्लब डेनोभोमा आयोजना हुने कार्यक्रममा ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रुपैयाँमा र नामीमा ७ किलोवाटको निःशुल्क चार्जर पाउन सकिने छ। ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस पनि पाइने छ।

प्रतिक्रिया दिनुहोस्