Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु

२९ कार्तिक २०८१, बिहीबार ११:२२

२९ कार्तिक, काठमडौं। नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ आजबाट सुरु भएको छ ।

भृकुटीमण्डपमा बिहीबार (२९ कात्तिक)देखि २ मंसिरसम्म चल्ने ११औँ संस्करणको प्रदर्शनी नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा सुरु भएको हो ।

प्रदर्शनी विद्युत् तथा विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि गर्न लागिएको आयोजकले जानकारी दिएको छ । यस वर्षको प्रदर्शनीलाई ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ नारा दिइएको छ ।

आम उपभोक्तालाई पनि नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष “फीन इलेक्ट्रो टेक २०२४” को आयोजना हुन लागेको महासंघको भनाइ छ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्ससाथ यस वर्ष “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” को नारा लिएर सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्‍याउने लक्ष्य यस संस्करणको रहेको छ ।

उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधिभर सञ्चालन गरिने छ । ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित “फीन इलेक्ट्रो टेक २०२४“ को हलभित्र ४४ वटा ब्लकहरु, २८ स्टलहरु रहेको एक प्याभिलिएन रहेको छ र हल बाहिर डोममा २६ वटा स्टलहरु रहेका छन् ।

८८ प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ्ग सामग्री, वायर, केबल एवं कण्डक्टर, अत्याधुनिक स्वीचहरू, एलईडी लाइटिङ्ग, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा सामग्री लगायतका विविध उत्पादित वस्तुहरू समावेश छन्।

प्रतिक्रिया दिनुहोस्